काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. ६ ग्वालटार स्थित सल्लेनीमा ट्याक्टर दुर्घट्ना भएको छ । आज (शनिबार) सल्लेनीबाट ग्वालटार आउँदै गरेको ना ६ त २४६८ नं.को ट्याकटर दुर्घट्ना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घट्नामा परि महाभारत गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय कुमार बज्यूको घट्नास्थलमै मृत्यु भएको छ ।
आफै अनियन्त्रीत भई ट्याक्टर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याकटर चालक फरार रहेको र उनको खोजतलास भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।