४ असार २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

Comments

comments