दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

सरकारले लक डाउन खुलुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताए ।

सरकारले लक डाउनको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई कसरी सुरक्षित बनाउने भन्नेकुरा मध्यनजर गर्दै ५ वटा उद्योगहरुलाई नमुनाका रुपमा सामग्री दिइएको बताए ।

ग्रिल व्यवसायी राम कुमार गिरीले लक डाउनको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताए ।

स्वीस सरकारको स्वीस विकास सहयोग र नेपाल सरकारको सहकार्यक्रम सञ्चालित एसटिसी परियोजना अन्तरर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो ।