५ असार,२०७७ काठमाडौं । सरकारले मुलुकभर रहेका क्वारेन्टाइनको सुधार गर्दै यसको नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।

क्वारेन्टाइनको अवस्थाका बारेमा टिकाटिप्पणी हुन थालेपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि सीसीएमसीले क्वारेन्टाइनको अवस्था सुधार गर्दै प्रदेश सरकारले यसको नियमति अनुगमन र सहजीकरण गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको सीसीएमसी बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साता भित्र कोरोना परीक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मुलुकभर आइसोलेनको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले पीसीआर परीक्षणको क्षमता बढाउने निर्णय पनि गरेको छ । त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्कन सम्बन्धित देश र सम्बन्धित कम्पनीले खर्च नबेहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई उद्दार गर्ने जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ ।

त्यस्तै विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रम मन्त्रालयलाई दिने निर्णय पनि भएको मन्त्री ज्ञवालीले बताए । बैठकले कोरोना संक्रमणबाट जोखिममा रहेका नेपाली नागरिको स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्राललाई निर्देशन दिएको छ भने संक्रमणको जोमिख हेरेर सम्बन्धित नगर वा पालीकालाइ सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए । यसका लागि सीसीएमसीलाई जानकारी गराउनुपर्ने उनले बताए ।

त्यस्तै नयाँ क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोषबाट ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धित पालिकालाई दिने निर्णय पनि गरेको छ ।त्यस्तै बैठकले बैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि बिदेश जाने नागरिकका लागि श्रम मन्त्रालय र विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा पठाउन सकिने निर्णय भएको छ ।

Comments

comments