११ असार २०७७ काठमाडौं । विश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

९५ लाख २७ हजार ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार २ सय ४० जना कोरोनामुक्त भएका छन् । यस्तै ४ संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ५६ जनाको मृत्यु भईसकेको वर्ल्डओमिटरमा उल्लेख छ।

संक्रमितमध्य ३८ लाख ६६ हजार ९ सय ३ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्य ५८ हजार ४ सय १७ जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै, सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २४ लाख ६३ हजार २ सय ७१ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्य १० लाख ४० हजार भन्दा बढी निको भएका छन् ।

Comments

comments