११ असार, २०७७ काठमाडौं ।भारतको बिहारका बिभिन्न ठाउँमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ।

बिहीबार नै बिहारका बिभिन्न जिल्लामा ८३ जना चट्याङबाट मारिएको बिहार सरकारलाई बिभिन्न भारतिय सञ्चारमाध्यमले जनाएका छन्। चट्याङ लागेर कैयौँ घाइते भएका छन् ।

भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।

Comments

comments