१७  असार २०७७ काठमाडौँ ।  विश्वभर ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

१ करोड ५ लाख ८५ हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५७ लाख ९५ हजार ६ सय ५१ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्ये ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्य ४२ लाख ७६ हजार ७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्य ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २७ लाख २७ हजार ८ सय ५२ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १४ लाख ८ हजार बढी, रसियामा ६ लाख ४७ हजार, भारतमा ५ लाख ८५ हजार, बेलायतमा ३ लाख १२ हजार बढी संक्रमित भएका छन् ।

Comments

comments