काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो । मुटु रोगबाट पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । त्यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार १ बजेटका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

Comments

comments