भक्तपुर/ छोटो समयमा नै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड अंग्रेजी स्कूलले आफ्नो १८ औं अभिभावक दिवस समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै मनाएको छ ।
प्रख्यात चिन्तक डा. चिन्तामण्ी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्तपुरमा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न पदक जित्न सफल टेबल टेनिस खेलाडी शिवनाथ गोथे,संचारकर्मी रमेश गिरी आशा, शिक्षाविद शान्ति निकेतन मा.वि.का पूर्व प्रिन्सिपल मिनाक्षीलक्ष्मी प्रजापति, कवि तथा साहित्यकार जीवनाथ अधिकारी र गायक तथा रंगकर्मी महेश्वर बोहोरा ‘मानस राज’ लाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. योगीले अहिलेका बालबालिकालाई असल व्यहार सकिाउने शिक्षा सिकाउनुपर्ने बताए । मार्कसिटमा बढी नम्बर भन्दा पनि मातृभूमिको माया गर्ने र समय सुहाउँदो व्यवहारिक ज्ञान प्राप्त गरेको शिक्षा उत्तम हुने डा. योगीले धारणा राखेका थिए ।
विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति विवरण पेश गरेको कार्यक्रममा एन प्याब्सन भक्तपुरका अध्यक्ष जि.बि. खड्का, जिल्ला शिक्षा कार्यालयका अधिकृत विमलप्रसाद निरौला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, कलाकार, निर्देशक तथा नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, हस्तलेखन विशेषज्ञ अस्मिता आचार्य, संचारकर्मीहरु लीला श्रेष्ठ ‘ज्योति’ पेशलराज आचार्य, किरण बुढाथोकी लगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०७४ का विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुमध्ये हस्तलेखन तर्फ नेपालीमा अञ्जु त्रिपाठी, नेपालीमा रोजिना रसाइली, खेलकुदमा अमृत माझी, सरसफाइमा सोनिया श्रेष्ठ, इभा लोहोला, चित्रकारमा विवेक श्रेष्ठ प्रसुन लामा, नियमित हाजीरीमा मल्लिका सिंजाली थापा, सर्वोत्कृष्ट वर्ष विद्यार्थी विपिन कार्की र नम्रता लामा तथा उत्कृष्ट वर्ष शिक्षक राधेश्याम कासुलालाई वर्ष सम्मान २०७४ ले सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू कसेर लागेको बताए । बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे । स्वागत मन्तव्य विद्यालयका शिक्षक राधेश्याम कासुलाले राखेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले कार्यक्रमको सभापतित्व गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु पस्केका थिए । साथै विद्यार्थीहरुले तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।

Comments

comments