कोरोना भाइरसको जोखिम र लकडाउनका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार मध्यान्ह १२ बजेर १५ मिनेटमा शुभसाइत निकालेपछि सोही साइतमा ललितपुरको पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको हो । मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

थारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले बताए ।

Comments

comments