१७ श्रावण २०७७ काठमाडौं । पीसीआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

शनिबार बसन्तपुरमा अनसनरत इनफ इज इनफका इशान अधिकारी इ लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए । बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र अनसन तोडाउनुपर्ने उनले बताए ।

कोरोनाबाट कोही पनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ । सभापति देउवाले इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भत्र्सना गरेको उल्लेख गरे ।

त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने बताए । इनफ इज इनफले पीसीआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ ।

यसअघि सरकारले आफूहरुसंग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुनः अनसन सुरु गरेको हो ।

Comments

comments