नगरकोट । चर्चित पप गायक तथा संगीतकार अविशेक तामाङको नयाँ म्युजिक भिडियो “माया बस्यो ख्याल ख्यालैमा”बोलको गीतको नगरकोटमा धमाधम छायांकन भइरहेको छन् ।

पर्यटकहरुको गन्तव्य बनेको नगरकोटको विभिन्न स्थलका निकै आकर्षक दृश्यहरु यस भिडियोमा हेर्न पाइनेछ ।

साङ्गे ब्लोन तामाङको शब्द रहेको गीतमा संगीत र मीठो अावाज अविशेक तामाङक‍ो रहेको छ।
उक्त सुटिङ भइरहेको गीतको म्युजिक भिडियोमा एकदमै व्यस्त तथा चर्चित मोडल लाक्पा लामा र बेली डान्सर विनु शाक्यले अभिनय रहेका छन् ।

हाल निकै ब्यस्त युवा निर्देशक प्रतीक ङ्यासुरले निर्देशन गरेको भिडियोलाई सुर्य लामाले छायांकन गरेको छ।यस गीतको अडियोलाई चाँद सि ले एरेञ्ज गरेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेको छ ।

भर्खरै सुटिङ भएको यस भिडियोलाई चाडैं बजार ल्याउने गायक अविशेक तामाङ र निमार्ण पक्षले जानकारी दिएका छन् ।

Comments

comments