२७ श्रावण २०७७ काठमाडौ । सरकारले लामो दूरीका सवारी र हवाइ उडान आगामी भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै भदौ एक गतेदेखि खुल्ने भनिएको लामो दुरीका सवारीसाधन तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान र लामो दूरीको यातायात भदौ १ गतेबाट खोल्ने निर्णय गरेको थियो ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्नुका साथै भदौ मसान्तसम्म बन्द गर्नेे निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडार्इ गर्ने निर्णय गरेको छ ।