३ भदौ २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा थप आठ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको सङ्ख्या २८हजार ९ सय ३८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको सङ्ख्या १ सय २० पुगेको मन्त्रालयले जनाएको छपछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना रहेका छन् ।
आसोलेसनमा आइसोलेसनमा ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप १ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।