वेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबादुर तिमल्सिना
२५ भदौ २०७७
बेथानचोक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले भदौ मसान्तसम्मका लागि ‘लकडाउन’को घोषणा गरेको छ । बेथानचोक गाउँपालिका कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अपरिचित ब्यक्तिलाई पालिका प्रबेशमा पूर्ण रुपमा रोक लगाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिए । ‘गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवाहरु वन्द गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरसका संक्रमितको दर बढ्दैँ गएको र पालिकामा समेत देखा परेकाले भदौ मसान्त सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अध्यक्ष तिल्सिनाले बताए ।
यसैगरी पालिकाले खाद्यान्न पसल खोल्ने समय समेत तोकेको छ । खाद्यान्न पसल विहान ७ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखी ७ बजे सम्ममात्र खोल्न पाईने पाईने भएको छ भने पालिका भित्रका सम्पुर्ण होटलहरु अर्को सूचना प्रकाशित नभए सम्मको लागि बन्द गरिएको छ ।

Comments

comments