काठमाडौं । बुधबार बिहान नेपालमा भूकम्प गएको छ । बिहान पाँच बजे १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, सिन्धुपाल्चोक, पोखरा, रामेछाप, ताप्लेजुङलगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पपछि काठमाडौंमा मानिसहरु घर बाहिर निस्केका थिए ।

Comments

comments