३१ भदौ, २०७७ काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ ।

२ सय १६ देशमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या विश्वमा  २ करोड ९७ लाख २४ हजार नाघेको वल्डोमिटरमा उल्लेख छ  ।  हालसम्म २ करोड १५ लाख ३९ हजार भन्दाबढी कोरोनाबाट निको भएका छन् ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३९ हजार १ सय ८१ पुगेको छ । संक्रमितमध्ये ७२ लाख ४६ हजार ५ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ८ सय बढीको अवस्था गम्भीर रहेको  छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमितको संख्या ६७ लाख ८८ हजार १ सय नाघेको छ । कोरोनाका कारण २ लाख भन्दा बढीको मृत्यु भएको छ भने ४० लाख ६८ हजार भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ हजार ९१ पुगेको छ भने ३९ लाख ३९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४३ लाख ८४ हजार २ सय मानिस संक्रमित भएका छन् भने १ लाख ३३ हजार २ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३६ लाख ७१ हजार भन्दाबढी निको भएका छन् ।

Comments

comments