काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मानव अधिकार सञ्जालले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो ।

स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन सर्वाेच्चले आदेश दिएको छ । आयोगले जारी गरेको मापदण्डमा कोरोना लागेका परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । परीक्षार्थीले रोग लागेको नलागेको स्वघोषणा गर्नुपर्ने र लागेको भए परीक्षा हलमा बस्न नपाउने उल्लेख छ ।