काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड २४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ७४३ जना संक्रमणमुक्त भएसंगै ३ करोड २४ लाख ४४ हजार १ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ५९ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने थप ७ हजार २३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख ७१ हजार ३३७ पुगेको छ । कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख ३६ हजार ८९८ पुगेको छ । संक्रमितमध्ये १ करोड ६ लाख २१ हजार ३ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७९ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९० लाख ३८ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३२ हजार बढीको मृत्यु भएको छ भने ५८ लाख ७७ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ७९ लाख ८८ हजार ८ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २० हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७२ लाख ५७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५४ लाख ४० हजार नाघेको छ भने १ लाख ५७ हजार ९८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ४ हजार भन्दा बढी निको भएका छन् ।

Comments

comments