काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।योसँगै मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ९१० जना रहेका छन् भने आइसोलेसनमा २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।