काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ गरी उपत्यकामा ८९९ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

क्वारेन्टाइनमा ७५७ जना रहेका छन् भने आइसोलेसनमा २४ हजार ९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।