काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक जोडिएको बताएका छन् ।

स्थायी कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठविरुद्ध अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आह्वान गरेका हुन् । बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन्।

सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो । लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिएका थिए ।

बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक पुस १ गते बस्नेछ ।

Comments

comments