काठमाण्डौ । हाल पश्चिम तराईका केहि स्थानहरु साथै मध्य र पुर्वी तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केहि स्थानहरुमा विहानको समयमा बाक्लो हुस्सु, कुहिरो लागेको भएपनि अपरान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने जल तथा मौसम विभागले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको हुन सक्मे मौसमविद्को अनुमान छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।
प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ । बिहानदेखि दिनभरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।