काठमाडौं । नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १ सय ९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

त्यसैगरी बिहीबार थप ७३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

क्वारेन्टाइनमा ४ सय जना छन् भने आइसोलेसनमा ७ हजार ३८४ जना रहेका मन्त्रालयले जनाएको छ ।

Comments

comments