विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएुसंगै संक्रमितको संख्या ८ करोड २ लाख ६ हजार ९१७ पुगेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षका अवधिमा विश्वभर १७ लाख ५७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५७ हजार ८३९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ७१ हजार २४० पुगेको हो ।विश्वमा २ करोड १९ लाख ७८ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार ७८५ जना गम्भीर बिरामी छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९२ लाख १० हजार १६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख ५७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३८ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ । संक्रमितमध्ये एक लाख ४७ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९७ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७४ लाख ४८ हजार नाघेको छ भने १ लाख ९० हजार ५१५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ५९ हजार भन्दा बढी निको भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।