काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा २८५७ औं “लाङ”म्हे ल्हो वृहत् सोनाम ल्होछार शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ।

तामाङ समुदायको राष्ट्रिय संस्कृतिक महान पर्वलाई नेपाल सरकारका माननीय गृहमन्त्री रामबहादुर (बादल)को प्रमुख अतिथिले उद्घाटन गरेको थियो ।

“तामाङ जातिको आफ्नै पहिचान,समृद्ध तामाङ समाज निर्माण गर्ने राष्ट्रिय तामाङ घेदुङको महाअभियान”भन्ने मुल नाराका साथ भएको कार्यक्रममा ताम्वा,लामा,बोन्वो झ्याँकीको बिशेष र्यालीले नगरपालिका परिक्रमा गरि कार्यक्रम स्थलमा परिणत गरे सकेपछि उक्त कार्यक्रमलाई शुरुआत गरेका थिए।

कोभिड-१९ को कारण देखाउदै नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेल मैदान हुने ल्होछार यसपालि तामाङ साँस्कृतिक भवन रहेको ग्राउन्ड बुढानिलकण्ठ न.पा.-२, चपलीहाइट नारायणथान काठमाडौंमा भएको आयोजकले बताए ।

ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिका साथै मोडलहरु नृत्य प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाएको थियोे ।

कार्यक्रममा पर्व माननीयहरु, तामाङ समुदायको बुद्धिजीवी, समाजसेवी, विभिन्न संघ ,संस्था एवम् पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।उक्त ल्होछार समारोह तथा वृहत् साँस्कृतिक कार्यक्रमको  तामाङ राष्ट्रिय घेदुङ र तामाङ चलचित्र संघले संयुक्त आयोजनामा भएको हो ।

उक्त कार्यक्रमलाई तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीर बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रम महासचिव प्रविन लामा सञ्चालन गरेका थिए।