काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उपाध्यक्ष गौतम एकताको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न गएका हुन् ।

गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानजनक विदाई गरी नेकपाबाटै प्रधानमन्त्री चयन गर्न प्रचण्डलाई  आग्रह गरेका थिए । यसअअघि बुधबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सर्वोच्च अदालतको निर्णयको विज्ञप्ति जारी गरी स्वागत गर्दै संसद बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै उपाध्यक्ष गौतम कुनै समूहमा लागेका छैनन् उनले एकता अभियान संचालन गरिरहेका छन् ।