विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ लाख ७३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ लाख ७३ हजार ५०३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ६८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ करोड २४ लाख ४ हजार ४४१ पुगेको छ । हालसम्म विश्वमा १० करोड ६६ लाख ९१ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड २८ लाख ३९ हजार ८४४ जना सक्रिय संक्रिमत रहेका छन् भने ९८ हजार ३५२ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ६९ हजार १९७ जनाको मृत्यु भएको छ भने ३ करोड १४ लाख ९० हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी ब्राजिलमा ३ लाख ३३ हजार १५३ जनाको मृत्यु भएको छ भने १ करोड ३० लाख २३ हजारबढी संक्रमित भएका छन्।

छिमेकी मुलुक भारतमा थप ‍९६ हजार ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगैै संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको छ ।
हालसम्म भारतमा १ करोड १७ लाख ३० हजार ४५ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४४५ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ लाख ६५ हजार ५७७ पुगेको छ ।

Comments

comments