सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपालीहरुले २८६५ औं बुद्ध जयन्ती मनाउने भएको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा बुद्ध जयन्ती मनाउन लागेको हो ।
घेदुङका अनुसार बुद्ध जयन्ती तथा पुजा कार्यक्रम मे २८ तारिखका दिन एलेक्स रेस्टुरेन्ट सौलाकामा हुने भएको छ । घेदुङले इराक भरी छरिएर बसोबास गरिरहेका सबै बुद्ध धर्मोलम्बीहरुलाई आमन्त्रण समेत गरेको छ ।
‘२५६५ औं बुद्ध जयन्ती भव्यताका साथ मनाऔं, विश्वभर शान्तीको सन्देश फैलाऔं ।’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त कार्यक्रम विहान १० बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।