• प्रताप लामा

२००६ साल असोज ६ गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन काठमाण्डौमा भएको थियो । दास्रो महाधिवेशन २०१४ सालमा भएको महाधिवेशनमा नै कम्युनिष्ट आन्दोलन केशरजंग रायमाझीको संवैधानिक राजतन्त्र, पुष्पलालको संसदीय प्रजातन्त्र र शम्भुराम श्रेष्ठको गणतन्त्र गरी ३ विचारधारा थियो । २०१७ साल काण्ड पश्चात कम्युनिष्ट पार्टी पूर्णत विखण्डित हुदै अघि बढ्यो । २०१७ सालमा रायमाझी पक्षले संवैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्र पुष्पलाल लगायतले संसदको पुनस्थापना र मोहन विक्रम सहितको केहिले संविधान सभाको निर्वाचन अलग कित्तामा रहेको कम्युनिष्ट पार्टी गणतन्त्रकालिन अवस्थामा आईपुग्दा पनि त्यहि पृष्ठभूमिको वरिपरि नै अल्मलिएको अवस्था छ ।

वि.सं. २०२९ साल देखि के.पि. ओली र माधव नेपाल एमालेको धरोहर बने । पछिल्लो समय झापा विद्रोह देखि माले हुदैं एमालेसम्म आईपग्दा ओली नेपालले धेरै थुप्रै गुमाए, थुप्रै पाए । भलै पार्टी भित्र विभिन्न अन्तर विरोध भए, जस्तो अवस्थामा एक साथ संघर्ष गरि नै रहे जसको फल स्वरुप एमाले संसदकै ठुलो दल बन्न सफल भएको थियो तर यत्तिका संघर्ष पछि हाल बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी दल दर्ता गरिसकेका छन् । पश्चिम बंगालको कम्युनिष्ट पर्टीको जस्तो अबस्था हुन नदिन नेपाल कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न नयाँ दल दर्ता गर्नु परेको हो । पार्टी विभाजन गर्न लागि परेका गिरोहहरुका कारण आज नयाँ विकल्प रोज्न परेको हो । अहिले पनि हाम्रो पार्टी पुनर्गठन गर्ने रहर होइन तर देशको संविधान राखिदैन, पार्टीको विधान मानिदैन जस्ता दम्भका आधारमा संसदको हत्या गरिन्छ भने विकल्प के त ?

२०७२ असोज ३ मा जारी यो संविधान त्यत्तिकै आएको होइन विंसं. २००७, २०१७, २०४७, २०६३ साल सम्ममा अन्तरिम संविधान जति गर्दा हजारौ शहिदहरुको बलिदान प्राप्त गर्न सफल भएको छ जसमा बहुलभाषा बहुजाती बहुसंकृती जस्ता समावेश छ । भारतको संविधान निर्मणमा समेत अटाउन नसकेका शव्द हाम्रो संविधानमा समाजवाद र लोकतन्त्र उललेख गरेर प्रगतिशील संविधान वनाईएको छ । एकै कार्यकालमा २÷२ पटक संविधानको मर्म र भावनालाई प्रहार गर्दै मध्यरातमा संसद विघटन गर्न पुग्यो । नवौं महाधिवेशनको माधव नेपाल झलनाथ खनाल विचार समुह आजको दिन सम्ममा आईपुग्दा र पार्टी दोसाधमा पुग्दा सम्पुर्ण कार्यकर्तालाई पिडा भएको छ र ओलीको दम्भ, अयोग्यता र असक्षमताले पार्टी टुक्रिन पुग्यो ।

नवौं महाअधिवेशनमा माधव नेपाल ४५ भोटले मात्रै पराजित हुनु भएको हो । जतिबेला देखि ओली अध्यक्ष बनेर आए त्यस बेला देखि नै ओली पार्टी विभाजनको पक्षमा हिंडे । पार्टी विभाजनको अर्को करण के.पी. ओलीको आसपासमा दललीतन्त्र, कुलंघारतन्त्र, भ्रष्टचारीतान्त्र र नैतिकताहिन जमातहरुको भिडभाड रहेकोलाइ पनि हामी लिन सकिन्छ । पश्चिम बंगालको अवस्था र २ तिहाई बहुमत सहितको नेकपाको शासन तुलना गर्दा समनता पाईयो ।

२००६ सालमा पार्टी बनाउन आन्दोलनको विद्रोहका सदस्य मुकुन्द न्यौपाने साढें १३ वर्ष के.पी संगै जेल जिवन बिताएका वेदुराम भुसाल जस्ता नेताहरु हामी संगै छन् । मदन भण्डारीको निधन पछि १४ वर्ष एमालेलाई २०७७ वैशख ८ मा के.पी ओलीले दल विभाजन सम्बन्धि अत्याधेश ल्याउदा ओलीले जसपाका पुूर्वराज्य मन्त्रिलाई ओलीको केन्द्रिय सदस्य लगायतको संलग्नतामा अपहारण गरेर सुन्धारामा राखेका कुरा सम्पुर्णलाई जगजाहेरै छ । फागुण २८ मा सिँगै कम्युनिष्ट आन्दोलन धारासायी पार्ने गरी माओवादीबाट आएका २३ सदस्यलाई केन्द्रिय कमिटि देखि स्थायी कमिटीमा राखी दक्षिणपन्थी लम्पसारवादको बाटो रोज्यो ।

१२ बजे राती रअको एजेन्ट के आवश्यकताले बालुवाटारमा बोलायो ? १२ बजे बालुवाटारमा भारतीय गुप्तचर एजेन्सी रअ का एजेन्ट बोलाएर सामन्त गोयलसँग मिलेर के के सम्झौता गरे ? त्यो सम्पूर्ण नेपालीलाई जगजाहेर नै छ र पशुपतीमा जलहारी चढाउने सम्मको अनैतिक कामहरु तिनै के.पी. ओलीले गरे । राष्ट्रपतिले राती २ बजे के.पी. ओलीले ल्याएको संसद विघटन सम्बन्धि अत्यादेशमा आँखा चिम्लेर हस्ताक्षर गरे । आदर्श र सिद्धान्तको रटान गरेर हीन चरित्र अवलम्वन गर्दाको प्रतिफल हो । ओलीले प्रधानमन्त्रीको सपथ खाँदा त्यो पर्दैन जस्तो केटाकेटीहरु पधेरामा मस्केर गफिए जसरी संविधानको धज्जी उडाउन काम गर्छ भने त्यस्ता व्यक्तिलाई हामी अभिभावकत्व कसरी स्विकार्ने । एउटा देशको मर्यादित तथा सम्मनित ठाउँमा बसेका व्यक्तिबाट त्यस्ता मतिभ्रष्ट कुराहरुलाई हामी नेपाली जनताले कसरी स्विकार्ने बालुवाटारबाट बालकोट पुग्दासम्म सार्वजनिक स्थलमा ओलीले अनैतिक, अशिष्ट, असभ्य र अराजनितिक भाषाहरु कुने नैतिकताले बोल्दै हिन्छन होला ?

सत्तामा पुगेपछि ओलीले आफु कम्युनिष्ट हँु भन्ने समेत बिर्सिए र उनीहरु सँघुरो घेरामा रमाउदै जान थाले । जनतामा गरेका बाचाहरु बिर्सिए २ तिहाईको दम्भ त्यो बेला देखाउनपर्ने थियो जसरी देशको पहिलो अल्पमतको कम्यनिष्ट शासन मनमोहनको पालामा जसरी लोकप्रीय कार्यक्रम आफ्नो गाउँ अफैं बनाऔं र वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुको सुरुवात हुँदा यो २ तिहाई सरकाले किन जनभावनालाई कदर गर्न सकेनन त ? भ्रष्टचार मौलायो वाईड वडी विमान खरिद प्रकरण, गोकर्ण फरेस्ट जग्गा लिज प्रकरण, पछिल्ला चरण कोरोना नियन्त्रणकालागी आवश्य स्वास्थ्य सामाग्री उपकरण खरिद प्रकरण अनियमितता, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद जस्ता काण्डै काण्डालाई किन स्थापित गराउने काम भयो ? भ्रष्टहरुलाई संरक्षण दिने आफ्नालाई पोष्ने किसानलाई रुवाउने आपनै सहकर्मीलाई निमोठेर हरप्रकारले निरंकुशता लादने क्रुर साशकीय अहंकारी दम्भ, संसदको अधिकार र राजनीतिलाई निषेध गर्ने काम भयो जुन संसदमा प्रधानमन्त्री नियुक्ति भए त्यहि संसदलाई देखि नसक्ने प्रधानमन्त्री हंदा ओलि ले २÷२ पटक संसद भंग गरेर अपराध पूर्ण काम गरे आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्थालाई तहसनहस पारियो त्यसलाई जोगाउने अभिभारा अहिलेको मुख्य रहेको छ ।

निर्वाचन आयोगले चुनाव गराउनको लागी ७० अरब खर्च चाहिन्छ भन्यो जति वेला ३ करोड नेपालिका लागी खोप ल्याउन बिशेषज्ञहरुले जम्मा ३० अरब भए पुग्छ भनिएकोमा आफ्नो नागरीकको समेत स्वास्थ्यको ख्याललाई प्राथमिकताम नराखी संसद भंग गरेर मध्यावती निर्बाचनको घोषणा गरीएका थिए । २०७४ सालमा आफैले संविधान संसोधन कुनैपनि हालतमा पास हुन सक्दैन भन्ने ओलीले २०७८ सालमा आएर आफैं जुन प्रस्ताव पहाड र तराई बिचको द्धन्द हुन सक्छ भन्ने कुरा थाहा हुंदा हुंदै आफैले यसलाई अघि बढाई नागरीकताको सवालको कुरामा उ वेलामा नागरिकतालाई चकलेट बांडनु संग दाँज्ने तर अहिले आएर आफैंले नागरिकताको विधेयक पास गर्ने प्रयत्न गर्ने ?

ओलीलाई लागिरहेको छ कि अब मार्क्सवाद लेनिनवादलाई विदावारी गरेर राम नाम जप्दै राजावादी र हिन्दुवादीहरुलाई समेटेर पनि उनी नेपाली राज नेताको केन्द्रमा रहि रहन सक्छन । त्यसो गर्न उनलाई छुट होला तर कम्युनिष्ट पार्टीको झण्डा ओढेर लोकप्रियवाद नवउदारवादी पुँजीवाद र धार्मिक राष्ट्रवादको व्यपार गर्न छुट छैन उनलाई ।

(लेखक युवा संघ, नेपाल काभ्रे जिल्ला कमिटीका अध्यक्ष हुनुहुन्छ ।)

Comments

comments