खानीखोला गाउँपालिकाको नवौ गाउँसभाको पाँचौं वजेट अधिवेशनमा प्रस्तुत
आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति,
कार्यक्रम तथा वजेट

 सभाध्यक्ष महोदय,

यस खानीखोला गाउँपालिकाको नवौ गाउँसभाको पाँचौं वजेट अधिवेशनका सभाध्यक्षज्यू, गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु,प्रमुख प्रशासकिय अधिकृत एवं अन्य कर्मचारी मित्रहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकार,सुरक्षाकर्मीहरु सर्वप्रथम खानीखोला आज यस गरिमामय गाउँ सभामा म गाउँपालिकाको अध्यक्ष र गाउँकार्यपालिका परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु । साथै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तथा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने महान् अभियानमा सहादत प्राप्त गर्नु भएका तथा covid का कारण मृत्य भएका सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

१. यति वेला महामारीको रुपमा फैलिएको दोस्रो भेरियन्ट कोरोना भाइरस (कोभिड -१९) कारणवाट यस गाउँपालिकामा उत्पन्न असहज परिस्थितिले मानव जीवन, आर्थिक र सामाजिक क्षेत्रमा सिर्जना गरेको विषम र कठिन परिस्थितीमा खानीखोला निवासी आम जनसमुदायको जीवन सहज वनाउदै विकास निर्माण सहित सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गर्दै समग्र परिवर्तनको लागी आवश्यक नीति तथा कार्यक्रम सहित आ.व. २०७८।०७९ को यस खानीखोला गाउँपीलकाको नवौं गाउँसभामा नीति कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।

२.खानीखोला गाउँपालिका काभ्रे जिल्लाको विकट गाउँपालिका रहेको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथानचोक गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको वीच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानी काठमाडौबाट करीव १२५ कि.मी.को द्रीमा अबस्थित वेथान नारायणस्थानडाँडाको फेदीमा अवस्थित शितल, शान्त, प्रदूषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको कृषि उर्वरभूमि उत्पादनको हिसावले यसको महत्व निकै रहेको छ।

३.२०६८ को जनगणनामा १४,३९८ जनसंख्या रहेको यस खानीखोला गाउँपालिका सानो गाउँ, विकास निर्माणमा पिछडिएको दर्गमका कारण राज्यवाट प्राप्त हने सेवा सविधा पर्याप्त मात्रमा लिन नसकिएको, सरकारी तथा गैर सरकारी निकायवाट सञ्चालन हने कार्यक्रमहरु सहज ढंगले यहाँ सहज तरिकाले प्राप्त हुन नसकेको, विकटताको कारणले गर्दा यस खानीखोला गाउँपालिकाले योजना वद्ध, देखिएको चुनौतीलाई सामना गर्दै खानीखोला गाउँपालिकाको विकास र सुशासन मार्फत समग्र समृद्धिको यात्रालाई टेवा पु-याउने ध्येयका साथ आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा वजेट यस सम्मानित सभामा पेश गर्न अनुमति चाहन्छु ।

४.सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिकामा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि, पशु,उर्जा र पर्यटन क्षेत्रलाई विकास गरी समग्र खानीखोला गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना देखेको छु । जसको लागि गाउँपालिकाको रणनीतिक विकास योजना अनुसार आगामी दिनमा अगाडि बढाइनेछ । यसका साथ साथै समग्र गाउँपालिकाको एकिकृत विकास योजना तयार गरी स्पष्ट लक्ष्य र उद्देश्यका साथ परिणाम मुखी भई अगाडि बढन आफु प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित सभा मार्फत समग्र खानीखोला गाउपालिका निबासी सवैमा प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

 सभाका सभाध्यक्ष महोदय, सभाका सदस्यज्यहरु

स्थानीय तहको निर्वाचन २०७४ पछि खानीखोला गाउँपालिकाको तर्फवाट नवौं गाउँ सभामा यस आ.व.को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्न यस गाउँ सभामा उपस्थित हुन पाउँदा गौरव महसुस गरेको छ । खानीखोला गाउँपालिका निवासी आम जनसमुदायले विकास निर्माणको सवालमा सही दिशानिर्देश गरेर सामाजिक उत्तरदायित्व, सामाजिक सवलीकरण, समाज परिवर्तनको लागी हामीलाई पार्टीले निर्वाचनमा उम्मेदवार वनाई निर्वाचन मार्फत जनताले हामीलाई स्थानीय सरकारको जिम्मेवारीमा पुर्याउदा हामीले खानीखोला निवासी आम जनसमुदायको हक र हितको लागी त्याग र सर्मपणको भावना हामीमा हुनु पर्दछ । नेपालको संघीय संरचना अन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकवाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणमा समेत वोध गराउने यो सुःखद समयलाई स्मरण गर्न चाहन्छु । साथै स्थानीय तहको निर्वाचन पछि यस खानीखोला गाउँपालिका निवासी आम जनसमुदायहरु खानीखोलाको सवैखाले विकास निर्माणको अवस्था हेरेर करीव ४ वर्ष अगाडी भन्दा अहिले खुशी रहेको जानकारी म यस सभामा पेश गर्दछु ।

सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यहरु ज्यूहरु

हामी सबैलाई थाहा छ यति वेला महामारीको रुपमा रहेको दोस्रो भेरियन्ट कोरोना भाइरस Covid-19 को कारणवाट उत्पन्न असहज परिस्थितिलाई न्यूनीकरण गर्दै जनजीवनलाई नियमित गर्ने विषय नै अहिलेको प्रमुख चुनौती हो । महामारीको अवस्थामा हाम्रा आवश्यकता र प्राथमिकताहरु पनि वदलिएका छ । यस परिस्थितिमा हाम्रो वजेट तर्जुमा सामान्य अवस्थाको भन्दा फरक हुने निश्चित छ। Covid-19 को असरवाट सिर्जित आवश्यकताको पहिचान गरी सोही आधारमा नीति कार्यक्रम र वजेटका प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ ।

आवश्यकता पहिचान गर्दा नेपालको संविधान र विद्यमान कानुन अनुरुप हामीले सम्पादन गर्नुपर्ने कार्यहरु तथा नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति कार्यक्रम र वजेटका प्राथमिकताहरुलाई समेत आधारको रुपमा लिई यस खानीखोला गाउँपालिका भित्र हाम्रा चाहना र आवश्यकताहरु असीमित छन तर स्रोत र साधनहरु सीमित छन । उपलब्ध सीमित स्रोत र साधनबाट समग्र गाउँपालिकाको सम्पूर्ण नागरिकहरुको चाहना र विकासलाई सम्बोधन गर्न आफैमा चुनौतिपूर्ण छ । त्यसैले सीमित स्रोत र साधनलाई प्राथमिकताका साथ परिचालन गरी अधिकतम जनसहभागिता, सहकार्य तथा साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हाम्रो आवश्यकता र वाध्यता हो । यस तर्फ सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र सहकार्यको पूर्ण सहयोगको आशा लिएको छु।

सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

अब म यस खानीखोला गाउँपालिकाको योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि अबलम्बन गरिएका पद्धति तथा लिइएका आधारहरुको बारेमा व्याख्या गर्न चाहन्छु ।

१. नेपालको संविधानले निर्देशित गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु।

२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताको आधारहरु ।

३. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा
सन्तुलनका आधारहरु ।

४. स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन र अन्य स्थानीय कानुनहरु ।

५. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको नीतिगत व्यवस्था ।

६. नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तिय समानीकरण अनुदान, शसर्त अनुदान, र राजश्व वाँडफाँडवाट प्राप्त हुने रकम र प्रदेश सरकारवाट प्राप्त समानीकरण अनुदान, शसर्त अनुदान,समपुरक अनुदान र राजश्व वाँडफाटको सिलिङ सहितको मार्गदर्शन ।

७.जिल्ला समन्वय समिति काभ्रेवाट प्राप्त हुने पूर्वाधार विकासका रकम ।

८. सामाजिक सुरक्षा भत्ताको लागी प्राप्त हुने रकम ।

९.संघीय र प्रदेश सरकारले जारी गरेको नीति कानुन र मापदण्डहरु ।

१०. संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त अन्य मार्गदर्शन एवं निर्देशन तथा सुझावहरु ।

११.पन्ध्रौ योजनाले निर्दिष्ट गरेको लक्ष्य एवं उद्धेश्यहरु ।

१२.वडाको विभिन्न टोल वस्तीको जनतावाट माग भै आएका र हामीले व्यक्त गरेका प्रतिवद्धता पत्र ।

१३. राजनैतिक घोषणापत्र र समय समयमा सार्वजनिक गरेका वचन वद्धताहरु ।

सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

यस खानीखोला गाउँपालिकामा उपलब्ध सीमित श्रोत साधनलाई उपयोग गरी दिगो र भरपर्दो विकास गर्न हाम्रो प्रतिवद्धता हो । यसो गर्न हामीले योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता पूर्वक क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने वाध्यता भएकोले योजना तथा कार्यक्रमहरुको प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्नुपर्ने र समानुपातिक विकास आजको आवश्यकता हो । सोही सिद्धान्त अनुरुप हामीले योजना तथा कार्यक्रमहरु छनौट गर्दा देहायका आधारहरु तय गरी सोही अनुरुप योजना तथा कार्यक्रम छनौट गरेका छौं ।

योजना तथा कार्यक्रमहरु छनौटका आधारहरु :

१. आर्थिक विकासका सम्भावित क्षेत्रहरु: सडक निर्माण, भवन निर्माण,सुरक्षित खानेपानी, शिक्षा, स्वास्थ्य,उर्जा, व्यवसायिक कृषि तथा पशु र पर्यटकीय क्षेत्र,उद्योग, पर्यटकीय मार्ग आदी।

२. पिछडिएका क्षेत्र, वर्ग र समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने र नयाँ रोजगारीको श्रृजना हुन सक्ने योजना तथा कार्यक्रमहरु ।

३. स्वास्थ्य र शिक्षाको उपलब्धता तथा गुणस्तरीयतामा अभिबृद्धि हुने कार्यक्रमहरु ।

४. महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमहरु ।

५. वातावरण संरक्षण तथा प्रवर्द्धन हुने र दिगो विकास लक्षित कार्यक्रमहरु ।

६. विपदबाट कम क्षति पुग्ने र विपदको समयमा उद्दार गर्न सघाउ पुग्ने योजना तथा कार्यक्रमहरु ।

७. दलित, पिछडा वर्ग, जनजाति, सिमान्तकृत समुदायको रोजगारी तथा प्रतिनिधित्वलाई टेवा पुयाउने योजना तथा कार्यक्रमहरु ।

८. अधुरा,क्रमागत र समपुरकको लागी योजनाहरुलाई पुरा गर्ने वजेट तथा कार्यक्रमहरु ।

९. विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रमहरु ।

१०.कम लागत र छिटो प्रतिफल दिने आयोजनाहरु ।

११. रोजगार प्रदान हुने खालका कार्यक्रमहरु ।

सभाका सभाध्यक्ष महोदय, सभाका सदस्यहरु

अव म यस खानीखोला गाउँपालिकाको दिर्घकालिन सोंच (Vision), लक्ष्य (Goal), नीति कार्यक्रम, उद्देश्य (Objective) र अपेक्षित उपलब्धिको बारेमा संक्षिप्त प्रस्तुत गर्दछु ।

 खानीखोला गाउँपालिकाको, दिर्घकालिन सोंच (Vision) :

 “आर्थिक, सामाजिक,पूर्वाधार विकास तथा प्राकृतिकश्रोत साधनको समुचित परिचालन सहित संस्थागत विकास” समृद्ध खानीखोला गाउँपालिका निर्माण हाम्रो सशक्त अभियान” यस खानीखोला गाउँपालिको दीर्घकालीन सोच रहेको छ।

लक्ष्यः (Goal):

आर्थिक उपार्जन तथा सामाजिक परिवर्तन सहित पूर्वाधार विकास, गरिवी न्यूनीकरणको लागी श्रमसिर्जना उत्पादन र रोजगार सहितको दिगो विकास खानीखोला गाउँपालिकाको लक्ष्य रहेको छ।

विशेष नीति :

खानीखोला गाउँपालिकाले मेरो गाउँ म आफै वनाउछु, विकास निर्माणको मूल फुटाउछु भन्ने नाराका साथ सुन्दर र समृद्ध गाउँपालिका निर्माण हाम्रो सशक्त अभियान”मा हामी सवै सहभागी हुनेछौ ।

उद्देश्य (Objective):

  • सबै वडा कार्यालयको केन्द्रमा यातायात संचालन हुने गरी सडक संजालले जोड्ने क्रमशः निर्माण

    भएका सडकहरुको मर्मत सुधार गरी टोल वस्तीहरुमा सडक व्यवस्थित गर्दै लैजाने।

  • राष्ट्रिय विद्युत प्रशारण लाइनको विस्तार छिटो गर्न पहल गर्ने र स्थानीय लघु जलविद्युत आयोजनाको मर्मत साथै पुनःनिर्माण गर्ने ।

  • ताल्ढुंगामा प्राथमिक अस्पताल सञ्चालन गर्नको लागी समयमा नै भवन निर्माण सम्पन्न गर्ने । महामारीको रुपमा रहेको कोरोना भाईरस Covid-19 को रोकथाम र नियन्त्रणको लागी आवश्याक कार्यक्रम सञ्चालन गर्ने र गाउँपालिका भित्रमा रहेका स्वास्थ्य चौकीहरुलाई सुविधायुक्त सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने ।

  • सवै वडामा सञ्चालित विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रत्याभुती दिलाउने कार्यमा सहयोग गर्ने र वालमैत्री शिक्षण विधि अवलम्बन गर्ने ।

  • सवैलाई सुरक्षित पिउने पानी पुयाउने अबधारणा अनुरुप आवश्यक स्थानमा एकीकृत खानेपानी

    उपलब्ध गराउने ।

  • गाउँपालिका र वडा कार्यालयको लागि जग्गा व्यवस्थापन गरी कार्यालय भवन निर्माण छिटो गर्ने र निर्माधिनमा रहेको वडा कार्यालय भवन समयमा नै सम्पन्न गर्ने ।

  • कृषिलाई आधुनिकीकरण गर्दै नगदे वाली उत्पादन गर्न आवश्यक स्थानमा सिंचाई सञ्चालन गरी

    कृषकलाई आय आर्जनमा वृद्धि गर्न पहल गर्ने ।

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत खानीखोला गाउँपालिकामा कफी पकेट, वाखा पालनको पकेट, मत्स्य विकास कार्यक्रम आर्थिक विकास हुने खालका कार्यक्रम सञ्चालन गर्ने ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी वेरोजगार युवाहरुलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्ने ।

  • युवाहरुको लागी युवा तथा खेलकुद विकास समिति मार्फत युवाहरुको सशक्त कार्यक्रम सञ्चालन गर्ने ।

  • सामाजिक सुरक्षा भत्ता सहज तरिकाले वितरण तथा उपलब्ध गर्ने ।

  • कृषि क्षेत्रमा आधुनिकीकरण तथा आय आर्जन वृद्धि गर्न आवश्यकता र बस्तीको वातावरणमा मेल खाने खालको नगदेवाली तथा फलफुल खेती विकास तथा विस्तार गर्न फलफूल नर्सरी स्थापना गर्ने ।

  • पर्यटन विकासको लागि मठ मन्दिर लगायत भौतिक पूर्वाधारको विकास गर्ने ।

  • पशुपालक कृषकहरुलाई व्यवसायिक तथा नश्ल सुधार कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने ।

  • वन वातावरण तथा जलवायु परिवर्तन सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने ।

  • लक्षित वर्गको लागि महिला, वालवालिका, युवा तथा खेलकुद, दलित, आदीवासी जनजातीहरुका

    लागि आयआर्जन सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने ।

  • सहकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने ।

  • नमुना वडा बालमैत्री र वातावरणमैत्री गाउँ निर्माणको लागी कार्यक्रमहरु सञ्चालन गर्ने ।

  • बालश्रम मुक्त गाउँ निर्माणमा आवश्यक सहयोग गर्ने ।

  • पूर्ण सरसफाईका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने ।

  • गाउँपालिका तथा वडा कार्यालयवाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई प्रभावकारी वनाउन आवश्यक व्यवस्थापन गर्ने ।

  • सामाजिक न्याय सम्वन्धि कार्यक्रम संचालनको लागि आवश्यक व्यवस्थापनको लागी कार्यक्रम सञ्चालन गर्ने । वाल विवाह,वहु विवाह रोक्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।

वडा तथा गाउँपालिकाको केन्द्रलाई व्यवस्थित वस्ती विकासको लागि पहल गर्ने ।

अपेक्षित उपलब्धिः

  • आगामि ५ (पाँच) बर्ष भित्र गाउँपालिकाबासीको प्रति व्यक्ति औसत आम्दानी १ हजार १ सय

    ५० रुपैया अमेरिकी डलर पुर्याउने ।

  • गाउँपालिकावासीको औसत आयु ७५ बर्ष पुर्याउने ।

  • बाल मृत्युदर र मातृ मृत्युदर न्यून पुर्याउने ।

  • वालश्रम मुक्त र वातावरणमैत्री हरित गाउँ निर्माण गर्ने ।

  • खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकोले पूर्ण सरसफाई युक्त गाउँ निर्माण गर्ने ।

सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यहरु

 अब म आगामी बर्षमा उपलब्ध हुने प्रस्तावित वजेटका उद्धेश्यहरुको बारेमा प्रस्तुत गर्न चाहन्छु :

१. खानीखोला गाउँपालिका निवासीको आम जनताको मौलिक हक र अधिकारका रुपमा रहेको आवश्यकताहरु प्राथमिकताको आधारमा वजेट विनियोजन गर्दै जीवन स्तरमा गुणात्मक सुधार गर्ने ।

२. उपलब्ध श्रोत साधन अवसर र क्षमताको उच्चतम उपयोग तथा योजनाको प्राथमिकता निर्धारण सहित न्यायिक तथा जनमुखी कार्यक्रम वितरण गर्दै सामाजिक न्याय सहितको आर्थिक विकास गर्ने ।

३. आर्थिक भौतिक तथा सामाजिक विकास गरी मध्यम आय भएको गाउँपालिकामा रुपान्तरण हुदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने ।

अब म यस खानीखोला गाउँपालिकाले आगामी दिनमा विभिन्न विषयगत क्षेत्रको विकासमा अबलम्बन गर्ने नीतिका बारेमा प्रस्तुत गर्दछु।

क) आर्थिक विकास क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु :

१. कृषिमा आधारित कृषि उत्पादन राम्रो क्षेत्र भएकोले कफीको साना व्यावसायिक उत्पादन केन्द्र (पकेट) वाखा साना व्यावसायिक उत्पादन केन्द (पकेट) मत्स्य विकास कार्यक्रम लगायत फलफुल नर्सरी जस्ता आर्थिक उपार्जन हुने पकेट क्षेत्रको विकास गरिनेछ । जैविक कृषि वस्तु उत्पादनको क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।

२. कृषिमा आधुनिकीकरण गर्न युवाहरुलाई स्वदेशमै रोजगारी सृजनाको लागी युवा लक्षित कार्यक्रम सञ्चालनको लागी वजेटको व्यवस्था गरिनेछ।

३. कृषिमा अनुदान सहित प्रविधि हस्तान्तरणको कार्यलाई अगाडी वढाइने छ ।

४. खानीखोला गाउँपालिका भित्र व्यवस्थित रुपमा तरकारी खेती गर्ने र मौसम अनुसारको तरकारी
उत्पादन गर्ने कृषकहरुलाई तरकारीको विउ वितरण गरिनेछ ।

५. स्थानीय उद्यमशिलता विकास गर्न उद्यम विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ । , साना तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान विक्री वितरणको लागि विक्री कक्ष तथा लघु उद्यम कोशेली घरलाई व्यवस्थित गर्न पहल गरिनेछ ।

६. खानीखोला गाउँपालिका भित्र रहेका पर्यटकीय रुपमा महत्व वोकेका मठ मन्दिरहरुलाई व्यवस्थित वनाई आन्तरिक तथा वाह्रय पर्यटकवाट आन्तरिक आम्दानीको श्रोत वढाउनको लागी पहल गरिनेछ ।

७ गाउँपालिका भित्र कृषि फर्म दर्ता गरी कृषि र पशु व्यवसाय सञ्चालन गर्ने कृषकहरुलाई प्रक्रिया अनुसार अनुदानको व्यवस्था वा प्रविधि वितरण गरिनेछ ।

८. व्यावसायिक रुपमा वाखा पालन, गाई भैसी पालन, सुंगुर वंगुर पालन, कुखुरा पालक कृषकहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने खालको कार्यक्रम सञ्चालन गरिनेछ।

९. गाउँपालिका क्षेत्र भित्र रहेका जिल्ला डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोक मार्फत हस्तान्तरण भै आएका सहकारीहरुको तथ्याङ्क अद्यावधिक गरी सहकारीलाई नियमन गर्दै नयाँ दर्ता हुनेसहकारीहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१०. कृषि समुह तथा सहकारीहरुलाई अनुदानको व्यवस्था गर्न आर्थिक आय आर्जन वृद्धिको लागि
आवश्यक कार्यक्रम सञ्चालनको लागी पहल गरिने छ।

११. वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी विदेशमा सिकेको ज्ञान, सीप र विज्ञता
सदुपयोग गर्ने गरी आय आर्जनका कार्यक्रमहरु संचालन गर्न पहल गरिनेछ ।

१२.आय आर्जनमा वृद्धि गर्नको लागी स्थानीय तहमा रहेको बैंक तथा वित्तिय आर्थिक कारोवार गर्ने निकायवाट यस गाउँपालिकामा रहेको कृषि व्यवसायी,व्यापार व्यावसायी,उद्योगी लगायतलाई सहुलियत कर्जाको लागी पहल गरिनेछ ।

 ख) सामाजिक विकासका लागि अवलम्वन गरिने नीतिहरुः

१. खानीखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ सुरक्षित खानेपानी पुयाउन DPR भएका विभिन्न विकास साझेदार सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरि कार्यक्रम सञ्चालनको लागी पहल गरिनेछ।

२. खानीखोला गाउँपालिका पूर्ण सरसफाई निरन्तरता गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।

३. खानीखोला गाउँपालिकालाई बालमैत्री क्षेत्र घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन सहित, बालमैत्री र वालश्रम मुक्त क्षेत्र घोषणा गर्ने गरी वालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम तथा योजनाहरु सञ्चालन गरिनेछ।

४. कोरोना भाइरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रणको लागी खानीखोला गाउँपालिकामा रहेका सवै स्वास्थ्य संस्थामा सवै कार्यरत कर्मचारीहरु लगायत अन्य जनशक्ति परिचालन गर्न र आवश्यक सामग्री खरीदको लागी आवश्यक पर्ने वजेट विनियोजन गरिनेछ । साथै कोभिड रोकथाम तथा नियन्त्रण र न्यूनीकरणको लागी तोकिएर खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराइनेछ।

५. खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढंगामा ताल्ढंगा प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालन गरी अन्य वडामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा नेपाल सरकारवाट स्वीकृत हुने औषधीहरू अभाव हुन नदिने गरी थप वजेट विनियोजन गरिनेछ ।

६.स्वास्थ्य चौकीहरुको सु-संचालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता विकासमा सहयोग पुयाउने लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि विभिन्न गैसस तथा सरकारी निकायसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ । साथै कार्यरत उमेरहद नाघेका स्वयमसेवीकाहरुलाई सम्मन जनक विदाई गरिनेछ।

७. खानीखोला गाउँपालिका भित्र वसोवास गर्ने जनताहरुलाई ग्रसित रोग लागेर नेपाल सरकारले अनुदान दिने विशेष प्रकारको ८ वटा रोग नियन्त्रणको लागी र आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई यस खानीखोला गाउँपालिकाले आर्थिक सहयता कार्यविधि अनुसार थप आर्थिक सहयोग गरिनेछ।

८. खानीखोला गाउँपालिका क्षेत्र भित्रका सवै विद्यालयमा अनुगमन तथा मुल्याङकन गर्ने पद्धति तिब्र रुपमा सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा बहु कक्षा बहुशिक्षण कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । ती केन्द्रहरुमा बालमैत्री क्षेत्र स्थापनाको सूचक बमोजिम कृयाकलाप सञ्चालन गरिनेछ।

९. कारोना भाइरस कोभिड १९ का कारण नियमित कक्षा सञ्चालन हुन नसकेमा वैकल्पिक उपाय अपनाई पठनपाठन गर्ने व्यस्था मिलाइने छ।

१०. विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण स्थापना गर्न सवै प्रकारको सुविधा उपलब्ध गर्नको लागी सवै प्रकारको भौतिक पूर्वाधारको विकासको निर्माण गरी गुणस्तरीय पठनपाठन कार्यलाई अगाडि बढाइनेछ।

११. यस गाउँपालिकाको विद्यालयहरुमा दरवन्दी अपुग र आवश्यकता वीचमा रहेको अन्तरलाई समाधान गर्नको लागी थप दरवन्दी माग गरिनेछ । साथै नेपाल सरकारवाट तोकिएको वमोजिमको विद्यार्थी नभएको विद्यालय गाभ्न र कक्षा घटाई शिक्षक दरवन्दी मिलान र विद्यालय समायोजन सम्वन्धी कार्यलाई तदारुपताका साथ कार्यन्वयन गरिने छ । शिक्षक संख्या अपुग भएको विद्यालयमा आवश्यकताको पहिचान गरी विद्यालयहरुलाई शिक्षक तथा माध्यमिक तह सञ्चालन भएको विद्यालयमा लेखापाल व्यवस्थापनको लागी अनुदानको व्यवस्था गरिनेछ ।

१२. कम्प्यूटर ल्याव भएका विद्यालय र आई.सिंटी.ल्याव भएका विद्यालयको शिक्षकहरुको लागी प्रविधिमैत्री बनाउन कम्प्यूटर शिक्षाको तालिमको लागी वजेटको व्यवस्था गरिनेछ । साथै सामुयिक विद्यालयमा रहेका वि.व्य.स.अध्यक्ष,प्र.अ.र लेखापालको लागी तालिम सञ्चालन गर्न वजेटको व्यवस्था गरिनेछ।

१३. एकल महिला, अपाङ्गता भएका ब्यक्ति, द्धन्द पिडित, घरेलु महिला हिंसाबाट पिडीत तथा अति गरिब लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका परिवारका सदस्यहरुलाई स्वरोजगारमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरि आर्थिक रुपमा सक्षम वनाउन पहल गरिनेछ।

१४. नेपाल सरकारले अंगिकार गरेको समावेशीताको सिद्धान्त अनुरुप समावेशी विकासका माध्यमद्धारा समुदायको विकास गर्दै तत् तत् क्षेत्रमा क्षमता विकास गर्ने सामान्य सिद्धान्त अनुरुप त्यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक वजेट विनियोजन गरिनेछ ।

१५.लक्षित वर्गहरुलाई विकासको मूल प्रवाहमा ल्याउन र विकासमा सहजिकरण गर्न आवश्यकता अनुसार विभिन्न समिति गठन गरी कार्यक्रम सञ्चालनको लागी पहल गरिनेछ ।

१६.खानीखोला गाउँपालिका भित्र रहेका वहु विवाह, वालविवाह तथा अन्य सामाजिक कुसँस्कार कुरीतिको अन्त्य गरि समतामलक समाजको विकास गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।

१७.सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई छिटो छरितो र व्यवस्थित गर्न पूर्ण रुपमा बैंकिङ
प्रणालीवाट वितरण गरिनेछ।

१८.गाउँपालिका क्षेत्रमा रहेको परम्परागत तथा स्थानीय कला संस्कृतिको विकास,संस्कार तथा जगेर्ना गर्नको लागी दशै विशेष कार्यक्रम र ल्होछार कार्यक्रमका साथै अन्य कार्यक्रमको लागी जोड दिईने छ।

१९ स्वास्थ्यको लागी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन खानीखोला गाउँपालिका अन्तर्गत रहेका खेलाडीहरुलाई खेलप्रति व्यवसायिकता प्रदान गर्न सर्वाङ्गिण खेल तथा खेलकुद विकासको निम्ती युवा तथा खेलकुद विकास समिति मार्फत कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२१. खानीखोला गाउँपालिका समृद्धिको आधारः

* श्रम सिर्जना उत्पादन र रोजगार भन्ने सोचका साथ प्रधामन्त्री रोजगार कार्यक्रमलाई तपसिलमा उल्लेखित अनुसारकोकार्यक्रम सञ्चालन गरिनेछ ।

* स्थानीय तहमा दर्ता भएका वेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका लागी कामका लागी पारिश्रमिक अनुदान सञ्चालन गरी श्रममूलक आयोजना मार्फत समुदायको विकास सगैं सामाजिक संरक्षणको प्रत्याभूति गराइनेछ।

* युवा रोजगारीका लागी रुपान्तरण पहल आयोजना तथा कामका लागी पारिश्रमिक आधारित सामुदायिक आयोजना सञ्चालनलाई थप सशक्त रुपमा कार्यन्वयन गरिनेछ ।

* आफ्नो माटो चिनौ, आफ्नो गाउँ वनाऔं स्वावलम्बन अभियान सञ्चालन गरी वेरोजगार युवाहरुलाई रोजगारीका अवसर पहिचानमा सहजीकरण गरिनेछ।

* खानीखोला रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार श्रमिकहरुलाई रोजगार दिनको लागी कम्तीमा वडा भित्र ३ लाख भन्दा माथि वजेटको व्यवस्था गरिनेछ ।

* संघ, प्रदेश र स्थानीय तहवाट ठेक्का पट्टा र उपभोक्ता समिति वाट निर्माण हुने आयोजनामा रोजगार सेवा केन्द्रमा सुचिकृत भएका वेरोजगारहरु वाट नै निर्माण कार्य गर्न लगाइने व्यवस्था गरिनेछ।

* वेरोजगार व्यक्तिहरुको ज्ञान, सिप,योग्यता,अनुभव र वजारको मागको आधारमा आवश्यक पर्ने सिप विकास तालिमको पहिचान गरि सम्वन्धित निकाय तथा तालिम केन्द्रमा सिफारिस गरिनेछ।

* स्थानीय स्तरमा रोजगारी सृजनाका लागी नीजि, सरकारी र गैरसरकारी क्षेत्रसँग आवश्यक सहकार्य गरि थप रोजगारीको सृजना गरिनेछ।

* संघ तथा प्रदेश सरकारले ल्याएको रोजगार मूलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीको क्षेत्र विकास गरिनेछ ।

* युवा तथा शैक्षिक वेरोजगारलाई प्राथमिकतामा राखी स्वरोजगारमूलक कार्यमा संलग्न स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनेछ

* श्रम सम्बन्धलाई प्राथमिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि,व्यावसायिक उद्योग, वित्तिय क्षेत्रवाट रोजगारी सृजना गरिनेछ।

* रोजगार सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा थप प्रभावकारी वनाउनका लागी उचित वजेटको व्यवस्था गरिनेछ।

* कामको सम्मान, स्वरोजगार उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन यस गाउँपालिकाको नीति हुनेछ ।

* कामका लागी पारिश्रमिकमा, कामका लागी खाद्यन्न सामुदायिक आयोजनाहरुमा सरोकारवालाहरुसँग साझेदारीका लागी पहल गरिनेछ ।

ग) पूर्बाधार विकास :

१) वातावरण मैत्री तथा दिगो विकासलाई संस्थागत गर्न सडक, खानेपानी तथा सरसफाई आयोजना र ठूलो आयोजना सञ्चालन गर्दा विस्तृत अध्ययन प्रतिवेदन (DPR ) तयार गरेर मात्र कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ।

२. खानीखोला गाउँपालिका भित्र निर्माण भएका सडकहरुलाई आकस्मिक मर्मत सुधार गर्नु पर्ने अवस्थाको सम्वोधन गर्न विशेष सडक मर्मत सम्भार कोष र सडक मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ।

३. खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगालाई जिल्ला सदरमुकाम वा जिल्ला भित्रकै कालो पत्रे सडकसँग जोड्नको लागी र वडा कार्यालयको केन्द्रहरुलाई गाउँपालिकाको केन्द्र सम्म जोड्नका लागि सडक विस्तार कार्यलाई प्राथमिकताका दिई वाहै महिना सञ्चालनको लागि स्तरोन्नती अवधारणाका साथ यस आ.व.लाई सडक विस्तार तथा स्तर उन्नती वर्षको रुपमा अगाडी वढाइनेछ ।

४. खानीखोला गाउँपालिकाको सवै वडामा पूर्वाधार विकासको क्षेत्रमा प्राथमिकताको आधारमा आवश्यकताको प्राथमिकता पहिचान गरि वजेट विनियोजन गरिनेछ।

५. खानीखोला गाउँपालिकाको सवै वडामा जोड्ने ताल्लुंगा जैविक चक्रपथको रुपमा विकास गर्न विशेष पहल गरिनेछ।

६. खेलकुद पूर्वाधार विकास गर्न ताल्ढुंगामा गाउँपालिका स्तरीय खेलमैदान निर्माणको लागि पहल गरिने छ।

७. खानीखोला गाउँपालिका भित्र राष्ट्रिय विद्युत प्रशारण लाइन छिटो जडानको लागि विशेष पहल गरिनेछ । साथै स्थानीय रुपमा सञ्चालनमा रहेको साना लघु जलविद्युतको मर्मत सम्भार गरिनेछ।

८.खानीखोला गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, विद्यालय भवन मर्मत तथा घेरावार लगायतका पूर्वाधार विकासका कार्यहरु गरिनेछ।

९. खानीखोला गाउँपालिका भित्र आवश्यक पर्यटन प्रवर्द्धनको लागी पूर्वाधार विकासको कार्य गरिनेछ।

१०.ताल्ढुंगा प्राथमिक अस्पताल भवन निर्माणको लागी समयमा नै काम सम्पन्न गर्न समन्वयको भूमिका वढाइनेछ।

११. खानीखोला गाउँपालिका वडा नं ७ र महाँकाल गाउँपालिका वडा नं ६ को वीचमा रहेको दुर्लुङखोलामा पक्की पुल र खानीखोला गाउँपालिका वडा नं ६ र ५ को वीचमा रहेको खानीखोलामा पुलको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भै सकेकोले मोटरेवल पुल निर्माणको लागी विशेष पहल गरिनेछ।

१२. खानीखोला गाउँपालिकाको आवश्यक स्थानमा मोटरेवल पुल निर्माणको लागी DPR तयार गरि
निर्माणको लागी पहल गरिनेछ।

१३. सञ्चार क्षेत्रमा सेवा विस्तार गर्न थप पूर्वाधारको कामको लागी पहल गरिनेछ।

१४. खानीखोला गाउँपालिकामा निर्माण हुने झो.पु.मा गाउँपालिकाले आवश्यक समपुरक वजेट विनियोजन गरिनेछ।

१५. खानीखोला गाउँपालिकाको खेतीयोग्य जमिनमा सिंचाई सञ्चालनको लागी वजेट विनियोजन गरिनेछ।

१६. भू तथा वन वातावरणसँग आवश्यक पूर्वाधार तथा संरक्षणको काम गरिनेछ।

१७. खानीखोला गाउँपालिकाको कार्यालय, वडा कार्यालय भवन, स्वास्थ्य भवनको लागी आवश्यक वजेट विनियोजनको लागी पहल र वजेट विनियोजन गरिनेछ।

१८.ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्ने गरी विकासका पूर्वाधारहरु निर्माण लाई प्राथमिकता दिईने छ

घ) प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्वन्धि नीतिहरु :

१. खानीखोला गाउँपालिकामा विपदको व्यवस्थापन गर्न एक विपद व्यवस्थापन राहत कोषको व्यवस्था गरिने छ।

२. विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणको लागी विपत व्यवस्थापन राहत कोषमा वजेट विनियोजन गरिनेछ । यस खानीखोला क्षेत्र भूकम्प भूक्षय, आगलागी, चट्याङ, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको जोखिम पूर्ण अवस्थामा रहेको हुदा यहाँ हुने विकासका गतिविधिलाई यस्ता विपदको जोखिमसँग जोडी विपद प्रतिरोधात्मक संरचनाको निर्माण गर्ने नीतिलाई तदारुकताका साथ अगाडि बढाइने छ।

३. विपदको समयमा उद्दार गर्न हरेक वडामा रहेको विपद उद्दार समुहलाई तालिमको व्यवस्था गरिने छ । उक्त समुहलाई विपदमा उद्दार गर्ने आवश्यक सामाग्री उपलब्ध गराउन पहल गरिने छ।

४. यस खानीखोला गाउँपालिकामा विपदको वेला आवश्यक सहयोग गर्नु परेका विभिन्न सामाजिक संस्थाहरु नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट तथा सरकारी तथा गैरसरकारी संस्थाहरुसँग परिचालन गरी विपद व्यवस्थापन गरिनेछ।

५.यस खानीखोला गाउँपालिकामा विपद तथा संकट न्यूनीकरणका लागि गरिने सम्पूर्ण कार्यहरु यस गाउँपालिकाको विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन २०७५ वमोजिम गरिनेछ ।

ङ) संस्थागत विकास तथा सेवा प्रवाह सम्वन्धि नीतिहरु

१. नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण उपयोग तथा परिपालना गर्न खानीखोला गाउँपालिकाको संस्थागत विकासको लागि उपयुक्त नियम, विनियम तथा कार्यविधि र निर्देशिकाहरु तयार गरी लागु गरिने छ।

२. सेवा प्रवाहलाई छिटो छरितो बनाउन हाल रहेको सामुदायिक भवनले सम्भव नहुने हुँदा गाउँपालिकाले जग्गाको व्यवस्था गरी भवन निर्माणको लागि वजेटको व्यवस्था गरिनेछ । हाललाई कार्यालयको लागि कोठा अपुग रहेमा कोठा भाडामा लिई सेवा प्रवाह गरिनेछ।

३. वडा कार्यालयहरुको क्षमता विकास गरी आधारभुत सेवाहरु त्यहिबाट उपलब्ध गराउन आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्न तदारुकता दिइनेछ । यसको लागि आवश्यक वजेटको व्यवस्थापन गरिनेछ । वडाका सेवा सवै वडावाटै सेवा प्रदान गरिनेछ।

४. गाउँपालिकाबाट सञ्चालन हुने सबै प्रकारका योजना, आयोजना तथा कार्यक्रमको नियमित अनुगमन तथा मुल्याङ्कन गर्दै उक्त कार्यक्रमहरुको सार्वजनिक लेखापरिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक लेखापरिक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गर्न गाउँपालिका भित्र गुनासो सुन्ने अधिकारीवाट गुनासोको कारवाही गर्ने व्यवस्था गरिनेछ।

५. एकिकृत योजनाको दस्तावेजले आर्थिक विकास, भु-उपयोग योजना, पूर्वाधार विकास योजना, वातावरण तथा विपद व्यवस्थापन योजना लगायत विभिन्न ६ वटा विषयगत क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गर्न सहजता दिनेछ । यो दस्तावेजले समग्र गाउँपालिकाको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

६. नागरिकको सूचनाको हकलाई प्रत्याभुत गर्न सूचनामा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक संयन्त्रहरुको विकास गरिनेछ । खुला सरकारको अबधारणाको विकास गर्दै सामाजिक सञ्जाल, वेव साइट तथा अन्य विद्युतिय प्रविधिहरुको विकास र विस्तारमा जोड दिइने छ।

७. गाउँपालिका भित्र खाद्यन्न लगायत वस्तु विक्री गर्ने पसलहरुमा समय समयमा अनुगमनको व्यवस्था गरिनेछ।

८. वर्तमान संविधानले गरेको व्यवस्था अनुरुप गाउँपालिकाको न्यायिक समितिलाई श्रोत साधनयुक्त वनाई अगाडि बढाइने छ । गाउँपालिकाबाट सम्पादन हुने न्याय प्रणालीलाई सरल र सहज तुल्याई सबैको पहुँचमा पुयाइने छ । वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै मध्यस्तकर्ता तथा मेलमिलापकर्ताहरुको नामावली नियमानुसार सुचीकृत गरी उनीहरुको क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्न वजेटको व्यवस्था गरिनेछ।

९. गाउँपालिका कार्यालय, वडा कार्यालय र गाउँक्षेत्रका सबै सार्वजनिक निकायहरुमा नागरिक बडा पत्र स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।

१०. यस गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सेवा प्रवाह गर्ने निकायहरुमा कार्य सम्पादन तथा मूल्यांकनको आधारमा उचित पुरस्कार र दण्द सजायको व्यवस्था गरिनेछ । उत्कृष्ट कार्य गर्ने गाउँपालिकाका कर्मचारी तथा संस्थाको पहिचान गरी उनीहरुको उत्कृष्टताको उचित मूल्यांकन गरिनेछ । र गाउँपालिकाको काममा सन्तोष जनक काम नदेखिएमा कार्वाही गरिनेछ । साथै गाउँपालिकाको काममा कर्मचारी नपुग भएको देखिएमा राख्न सकिने प्राविधिक धारको कर्मचारीहरु, गाउँ प्रहरी, कार्यालय सहयोगीहरुको प्रक्रियागत ढंगले नियुक्ति गरिनेछ।

११. छिमेकी गाउँपालिकासंगको सहकार्यमा अन्तर स्थानीय तह साझेदारी कार्यक्रम पहिचान गरी अगाडी बढाईने छ।

१२. गाउँपालिका भित्र सार्वजनिक जग्गाको नापजाँच गरी जग्गा पहिचान गरिनेछ ।

१३.सडक पूर्वाधार विकास निर्माण गर्दा व्यक्तिको जग्गावाट सडक निर्माण भएको अवस्थामा मापदण्ड तोकी सडकमा परेका जग्गाको लगत कट्टा गर्ने कार्यलाई अगाडी वढाईने छ।

च) वित्तिय व्यवस्थापन तथा सुशासन सम्वन्धि नीतिहरु :

१. यस गाउँपालिका अन्तर्गत हुने वित्तिय गतिविधिहरु पारदर्शी पूर्ण रुपले सञ्चालन गरिनेछ । गाउँपालिकाको आय व्यय विवरण अनिवार्य सार्वजनिकरण गरिनेछ।

२. गाउँपालिका अन्तर्गत हुने सम्पूर्ण खरीद कार्यहरु सावजनिक खरीद ऐनको परिधि भित्र रही खरीद कार्य सञ्चालन गरिनेछ ।

३. भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको विकास गरि वित्तिय सुशासन कायम गरिनेछ।

४.वित्तिय अनिमियतताको अन्त्य गर्दै वित्तिय अन्साशन कायम गर्नका लागि यस खानीखोला गाउँपालिका भित्र विगत वर्ष देखी विभिन्न कार्यक्रम व्यक्ति तथा संस्थाको नाममा रही आएको पेश्की रकम असुल तथा पेश्की फोट गर्नका लागि कदम चालिनेछ ।

छ) भवन निर्माण, नक्शा पास तथा भूमि व्यवस्थापन सम्बन्धि नीतिहरुः

१. गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गाहरुको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम ल्याइने छ।

२. यस खानीखोला गाउँपालिकामा उत्पादन भएका कृषि उत्पादन तथा पर्यटकिय दृष्टिकोणले दिनानुदिन लोकप्रिय हुदै आएको परिप्रेक्षमा यहाँको जमिनलाई वस्ती विकास गर्ने, जैविक कृषि उत्पादन क्षेत्र तथा कृषि उत्पादन क्षेत्रको रुपमा समय मै निर्धारण नगरेमा भविश्यमा यसको मौलिकता लोप हुन सक्ने जोखिमलाई मध्यनजर गरी आगामी यस आ.व. देखि सो सम्वन्धी भू उपयोग नीति तयार गरी कार्यान्वयनमा लान पहल गरिनेछ ।

ज) सम्बन्ध, सहकार्य तथा साझेदारी :

१. खानीखोला गाउँपालिकालाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग भगिनि सम्बन्ध कायम गर्ने नीति लिइनेछ । यस कार्यमा गाउँपालिकाको विशेषता र विशेष पहिचान उजागर हुने गरी प्रकासन सामग्री तथा डकुमेन्ट्री तयार गरिने छ । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न आवश्यक पहल गरिने छ।

२. खानीखोला गाउँपालिकाको विशेष पहिचान बोकेको पर्यटन तथा जैविक उत्पादनलाई वजारीकरण गर्दै यसका उत्पादनहरुलाई अझ गुणस्तरीयता प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्था तथा निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाइने छ । यसको लागि आवश्यक श्रोतको व्यवस्था गाउँपालिकाले गर्ने छ।

झ) राजश्व परिचालन सम्बन्धी नीतिहरु

१. नेपालको संविधानले स्थानीय तहलाई दिएको २२ वटा अधिकार क्षेत्र भित्र रही श्रोत परिचालनलाई समतामुलक, प्रगतिशिल र न्यायपूर्ण पद्धती अपनाई कर तथा राजश्व निर्धारण गरिने छ । सवै सरोकारवाला करदाताहरुको सहभागितामा राजश्व अभिबृद्धि गरी कुल वजेटमा आन्तरिक आम्दानीको अंशलाई बढाउदै लगिने छ।

२. गाउँपालिकाले राजश्व सुधार कार्ययोजना (Revenue Improvement Action Plan) तयार गरी थप राजश्वका क्षेत्रहरुको पहिचान गर्दै आगामी बर्षदेखि राजश्व अभिबृद्धि गर्ने तर्फ उन्मुख गरिने छ।

३. सम्पति करलाई आ.व. २०७८ साल श्रावण १ गते देखी लागु हुने गरी व्यवस्थित र प्रभावकारी
रुपमा अगाडि बढाइने छ।

अन्त्यमा:

लामो समयदेखी कोभिड १९ महामारीले मानव जीवनलाई प्रभावित वनाएको छ । स्वास्थ्य सम्बन्धी सावधानी अपनाई कोरोना महामारीको जोखिमवाट सुरक्षित रहदै खानीखोला गाउँपालिकाको विकासको निर्माणमा एकजुट हुन सम्पूर्ण खानीखोला निवासी आमावुवा दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक आव्हान गर्दछ।

धन्यवाद

अध्यक्ष कृष्ण ब. खुलाल

खानीखोला गाउँपालिका, परिवार

Comments

comments