काठमाडौं ।ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरेको तामाङ भाषाको चलचित्र ‘काख्रे’ को विशेष प्रदर्शन सम्पन्न छ ।
पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा
एक विशेष समारोहको बीच शनिबार राष्ट्रिय नाचघर जमलमा ‘काख्रे’को प्रदर्शन गरिएको हो ।
उक्त चलचित्र प्रदर्शन समारोहबाट कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्व हरुलाई सम्मानपत्र , कदर पत्र र प्रशंसा पत्र माफर्त सम्मान गरिएको थियोे ।
चलचित्र निर्देशक अजय स्याङतान, विनय दोङ,दिपक लामा लगायत पत्रकार तर्फ सारा डटकमका चर्चित पत्रकार एवम् तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन कुमार लामा र सञ्चारकर्मी स्मरिका थिङलाई सम्मान गरिएको थियोे ।
चलचित्र मध्यान्तर अगाडि सम्म चलचित्रमा कुनै समस्या आएको थिएन ।जब मध्यान्तर पछिबाट प्राबिधिक समस्याले गर्दा अलिकति खल्लो हुन पुगेको हेर्ने दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
कार्यक्रममा विशिष्ट अतिथमा चर्चित नायक तथा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष सञ्जिव वाईवा र महानायक
महानायकका उपाधि पाएका निर्देशक तथा नायक अमिर दोङ ,गायक तथा संगीतकार विशाल काल्तान चाँदनी मोक्तान मिसन समृद्ध नेपालका सचिव तथा समाजसेवी सरोज लामा लगायत चलचित्रकर्मी कलाकार , पत्रकार , राजनितिज्ञ ,समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
प्रवल थिङको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार जयन कुमार मोक्तानले सञ्चालन गरेको थियोे ।