काठमाडौ । तामाङ चलचित्र “हाल्छे सोजी चु माया” को विशेष प्रदर्शन शो सम्पन्न भएको छ।
जिम्ब फिल्मस् प्रोडक्सनको ११ औं प्रस्तुति तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” भाद्र २५ गते शनिबार नेपाल चलचित्र विकास बोर्डमा विशेष प्रदर्शन भएको छ।
राष्ट्रिय,अन्तर्राष्ट्रिय खेलाडी तथा नायक कार्यक्रमको विशिष्ट अतिथि ज्ञान बहादुर जिम्बाबाट प्रदर्शन कार्यक्रमको उद्घाटन गरिएको थिए।भने कार्यक्रमको प्रमुख अतिथि बनाएको हिमालयन छुल्टिम कार्पेटको संचालक तथा समाजसेवी छेवाङ लामा कार्यक्रममा उपस्थिति भएको थिएन ।
मुख्य निर्माता पेमा योन्जन र सह- निर्माता मीन कुमार वाइबाले लगानीमा निमा लामा तामाङको निर्देशनमा निर्माण भएको चलचित्र “हाल्छे सोजी चु माया” प्रदर्शनमा चलचित्र हेर्ने सोचेको भन्दा दर्शकहरु धेरै अाएको साथै कति धेरै दर्शकहरु भने बस्न ठाउँ नपाएर उभिएर चलचित्र हेरेका थिए।
चलचित्रमा मुख्य अभिनय नायक कृष्ण लामा, नायिका अबिना गोले, नव नायक/नायिका अजेश लामा, निर्मला मोक्तानले मुख्य भुमिका निर्वाह गरेका छन् ।भने सुनलाल वाइबा, केबी मोक्तान ,बिशाल लामा, पेमा योन्जन लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ ।
कार्यक्रमबाट हाल्छे सोजी चु माया चलचित्रमा विभिन्न क्षेत्रबाट योगदान दिने कलाकार ,समाजसेवी,व्यवसायी पत्रकारहरुलाई सम्मान र मायाको चिनो प्रदान गरेका थिए।
चलचित्रले दिने खोजिएको सन्देश राम्रो छ ।मायासंग जोडिएको छ।तर एउटा टुहरो बालकको आमाको मृत्यु भएर आमाको अनुहार नै थाहा नभएको अनि बाबाको पनि मृत्युु भएर एक्लोपन भएर सहारा विहिन भएको बेलाको दृश्य देख्दा केही दर्शकहरुको आखा रसाएको थियो। तर चलचित्रमा समाजमा नपाच्ने एउटा शब्द भने पटकपटक प्रयोग गर्दा कता कता चलचित्र हेर्ने बेला जुन शब्द सुन्दा नसुने झै गरि बस्नुपर्ने बाध्यता भएको दर्शकहरुको भनाइ छन् । तर सामग्रीमा भने चलचित्र पुरानै कथा जस्तै भएपनि राम्रो लागेको बताउँछन् दर्शकहरू ।
कार्यक्रममा तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तन, तामाङ चलचित्र संघको उपाध्यक्ष दिपक लामा तामाङ चलचित्र जगतको महानायक अमिर दोङ, तामाङ चलचित्र संघ नेपालको केन्द्रीय सदस्य टुल्साङ मोक्तान, विनायक लोप्चन, तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव दावा फिन्जो तामाङ, लगाएतका व्यक्तिहरु अतिथिमा रहेका थिए ।
चलचित्रको शिर्षक हाल्छे र खाल्छे भने शब्द एउटै हो। तर भौगोलिक भु भाग अनुसार प्रयोगमा आएको शब्द फरकफरक भएको हो।तर शब्दले भन्न खोजिएको अर्थ एउटै हून।
प्रदर्शन कार्यक्रमको औपचारिक कार्यक्रम पेमा लामाको सभापतित्वमा भएको थियो भने नमोबुद्ध न्युजको पत्रकार तथा भक्तपुर तामाङ पत्रकार संघको सचिव छेडुप दोङ तामाङले कार्यक्रम सञ्चालन गरेको थिए ।