काठमाडौ । श्री म्युजिक प्रा.लि को ब्यानरमा निर्मित पहिलो तामाङ कथानक टेलिचलचित्र धर्ज्यु को २५ अाैं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ माननीय  संसदीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख अतिथ्यमा अोम तामाङ सुखदुःख सेवा गुठी बाैद्व, टुसाल बुद्वमार्ग ६ काठमाडौमा सभ्य र भव्य रुपमा सम्पन्न भयो ।

अाफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गराैं। भन्ने मुल नारा बोकेको दर्ज्युले तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको प्रवर्द्धन जगेर्ना गर्नेमा विशेष जोड दिने भएको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध संघ, संस्थाको अतिथिहरुको उपस्थिति भएको थियो।कार्यक्रम मन्तव्यमा अतिथिहरुले बधाई तथा शुभकामना दिनुभयो थिए।

कार्यक्रमको सभापति समाजसेवी धावा दोर्जे तामाङ थियो भन्ने कार्यक्रम सञ्चालन कमल योञ्जनले गर्नुभएको थियोे ।

Comments

comments