मिलन दाेङ तामाङ

क्वालालम्पुर (मलेसिया)–  सिंगो तामाङ समुदायको महान राष्टिय पर्व मञ्जुश्री संवत् २८६० औं डुक (मु पुख्री) ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाले बृहत संस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिनको लागि नेपाली राष्ट्रिय कलाकारहरु गायक (नेपालको पहिलो नेपाल आईडल) बुद्ध लामा र चर्चित सेलो गायिका रेश्मा बोम्जन तामाङ आउने तय भएको छ ।

कार्यक्रम यहिँ आउँदो फेब्रुअरी १० तारिख को दिन, चाइनिज नयाँ बर्षको छुट्टिको अवसरमा मलेसियाको राजधानी क्वालालाम्पुर अवस्थित होटेल ग्रयाण्ड कन्टिनेन्टलमा हुने भएको छ। नेपालको पहिलो गायन प्रतियोगिता “नेपाल आइडल” को विजेता चर्चित गायक बुद्ध लामा र चर्चित तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङको सांगीतिक प्रस्तुति र स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति को साथमा सोनाम ल्होछार पर्व मनाउन लागिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम सम्पन्न बनाउन घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ्को अध्यक्षतामा संयोजक समिती बनाएको छ भने आर्थिक संयोजक घेदुङका बरिस्ठ उपाध्यक्ष बिक्रम वाईबा,उपाध्यक्ष छेवाङ पाख्रीन र सह कोष अध्यक्ष युनिक तामाङ् लाई जिम्मेवारी दिएको छ।त्यस्तै अतिथि सत्कारको संयोजक मिलन दोङ तामाङ,कलाकार संयोजक जि बि तामाङ रहेको छ। घेदुङ मलेसिया सन् २००५ देखि निरन्तर सामाजिक काममा सक्रिय रहदै आएको छ। स्थापनाकाल देखि अहिले सम्म घेदुङ मलेसिया पनि श्रमिकले सम्झिने संस्था हो र अगामी दिनहरुमा पनि समस्य परेको श्रमिकहरुले घेदुङ मलेसियालाई सम्झिन अध्यक्ष मिलन थिङ ले अनुरोध गरेको छ।

संस्थाको क्षमता अनुसार समस्यामा परेको श्रमिक हरु लाई सहयोग गर्ने अध्यक्ष थिङ ले बताए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।