धुलिखेल-  काभ्रे जिल्लामा बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८० हुने भएको छ । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको कार्यक्रम संयोजनमा, कृषि ज्ञान केन्द्र, काभ्रेपलाञ्चोक / भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा, काभ्रे उद्योग वाणिज्य संघ, बनेपाको व्यवस्थापनमा,  नगरपालिका र जिल्लाका अन्य सबै स्थानीय तहको सहयोगमा सो महोत्सव हुने भएको हो ।  आयोजकका अनुसार कार्यक्रम बनेपा नगरपालिका, करुणा मार्गमा अगामी  फागुन ४ गतदे देखि ७ फागुनसम्म सञ्चालन हुने भएको छ ।

यी हुन महोत्सवका उद्देश्यहरु 

“देखेपछि विश्वास बढ्छ” भन्ने वास्तविकताको आधारमा कृषकहरुद्वारा उत्पादित कृषि उपजहरु तथा आवश्यक सामग्री, औजार, उपकरणहरु प्रदर्शनमा राखेर उनीहरुबीच प्रतिस्पर्धासमेत गराई दर्शकहरुलाई नविनतम् प्रविधिको प्रसारमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्नका लागि आयोजना हुने यस महोत्सवका उद्देश्यहरु देहाय रहेका छनः

  • कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराइ कारोवारमा वृद्धि ल्याउने,

  • कृषकहरुलाइ आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रदर्शनीमार्फत कृषकहरु बिचमा विकसित नयाँ प्रविधि एवं सामग्री औजार उपकरणहरुप्रति आकर्षण वढाइ उत्पादन लागत घटाउने,

  • दर्शक/कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका दर्शक/कृषकहरुलाई समेत नयाँ तथा उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने,

  • जिल्लामा उत्पादन हुने बाली एवं पशुपन्छीहरुको व्यावसायिक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी जानकारी प्रवाह गर्ने,

  • कृषकहरुको मनोवल उच्च राख्न व्यावसायिक कृषकहरुलाई उत्कृष्टताको आधारमा कदर गर्दै सम्मान गर्ने ।

  • यी हुन् कार्यक्रममा सहभागी हुनुहुने अति विशिष्ट एवं विशिष्ट व्यक्तित्वहरु :

  • सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू

  • माननीय मन्त्री डा. वेदु राम भुसाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय,नेपाल सरकार

  • माननीय डा. आरजु राणा, सभापति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति,प्रतिनिधी सभा

  • माननीय मुख्यमन्त्री श्री शालिकराम जम्कट्टेल, बागमती प्रदेश

  • माननीय श्री गोकुल प्रसाद बास्कोटा, प्रतिनिधि सभा सदस्य

  • माननीय श्री सुर्यमान दोङ, प्रतिनिधि सभा सदस्य

  • माननीय श्री मिना तामाङ, प्रतिनिधि सभा सदस्य

  • माननीय मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ,कृषि तथा पशुपन्छी विकास मन्त्रालय,बागमती प्रदेश सरकार

  • माननीय मन्त्री श्री तीर्थ बहादुर लामा,खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रालय, बागमती प्रदेश सरकार

  • माननीय मन्त्री लक्ष्मण लम्साल, श्रम, रोजगार तथा यातायात मन्त्रालय,बागमती प्रदेश सरकार

  • माननीय श्री रुकमिनी बरायली, बागमती प्रदेश सभा सदस्य

  • माननीय श्री कन्चन चन्द्र बादे, बागमती प्रदेश सभा सदस्य

  • माननीय श्री रत्न प्रसाद ढकाल, बागमती प्रदेश सभा सदस्य

  • माननीय श्री रुकु चौलागाई, बागमती प्रदेश सभा सदस्य

  • प्रमुख र उप- प्रमुख,काठमाडौं महानगरपालिका

  • प्रमुख र उप- प्रमुख,ललितपुर महानगरपालिका

  • श्री राजन मेहता, अध्यक्ष, जिल्ला समन्वय समिति महासंघ

  • श्री भिम ढुंगाना, अध्यक्ष, नेपाल नगरपालिका संघ

  • श्री लक्ष्मी देवी पाण्डे, अध्यक्ष, गाउँपालिका महासंघ

  • श्री चन्द्र प्रसाद ढकाल, अध्यक्ष, उद्योग वाणिज्य महासंघ

  • सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल सरकार

  • प्रमुख र उप- प्रमुख, भक्तपुर नगरपालिका

  • प्रमुख र उप- प्रमुख, सबै नगरपालिका, काभ्रेपलाञ्चोक

  • अध्यक्ष र उपाध्यक्ष, सबै गाउँपालिका, काभ्रेपलाञ्चोक

  • महामहिम राजदुत, भारत, चीन, दक्षिण कोरिया, इजरायल, जर्मनी, थाईल्याण्ड

  • सह-अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल सरकार

  • महानिर्देशक, कृषि विभाग, नेपाल सरकार

  • महानिर्देशक, पशु सेवा विभाग, नेपाल सरकार

  • कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद

  • प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, नेपाल सरकार

  • निर्देशक, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल सरकार

  • निर्देशक, राष्ट्रिय तरकारी आलु तथा मसला बाली विकास केन्द्र, नेपाल सरकार

  • निर्देशक, राष्ट्रिय फलफूल विकास केन्द्र, नेपाल सरकार

  • निर्देशक, प्लाण्ट क्वारेण्टिन तथा विषादी व्यवस्थापन केन्द्र, नेपाल सरकार

  • निर्देशक, व्यावसायिक किट विकास केन्द्र, नेपाल सरकार

  • आयोजना निर्देशक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल सरकार

  • आयोजना निर्देशक, ग्रामिण उत्थान तथा आर्थिक विकास आयोजना, नेपाल सरकार

  • सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल सरकार

  • निर्देशक, कृषि विकास निर्देशनालय, बागमती प्रदेश सरकार

  • निर्देशक, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश सरकार

  • प्रमुख, कृषि तालिम केन्द्र, बागमती प्रदेश सरकार

  • उपाध्यक्ष, प्रदेश दुग्ध विकास बोर्ड, बागमती प्रदेश सरकार

  • प्रतिनिधि, FAO, ICIMOD, HEIFER INTERNATIONAL, HELVETAS, LIBIRD, CEAPRED, CARE NEPAL

यी हुन् महोत्सवका प्रमुख आकर्षणहरु

  • कृषिका उदीयमान नवीनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धी सेमिनार

  • सूचना प्रविधिमा आधारित नवीनतम प्रविधिहरुको प्रदर्शन

  • रैथाने बाली एव प्रविधिहरुको प्रदर्शन

  • उन्नत बीउ बिजन यन्त्र औजार उपकरण तथा अन्य उपज एंव उत्पादन सामाग्रीहरुको व्यावसायिक कारोवार

  • स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर

  • कृषि विमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि छुट्टै स्टलहरु

  • रैथाने परिकार हस्तकला एंव होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु

यी हुन् कार्यक्रम सम्बन्धी दैनिक विवरण

पहिलो दिन :२०८०/११/०४ गते :

  • सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट दिउँसो १ बजे समुद्घाटन समारोह

  • राष्ट्रपति उत्कृष्ट पुरस्कार विजेता कृषकहरुलाइ पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

  • कृषि प्रदर्शनी

  • नविनतम प्रविधि विस्तार तथा उपयोग सम्वन्धि सेमिनार

  • विविध सांस्कृतिक कार्यक्रम

दोस्रो दिन :२०८०/११/०५ गते :

  • कृषि प्रदर्शनी

  • नविनतम प्रविधि विस्तार तथा उपयोग सम्वन्धि सेमिनार

  • विविध सांस्कृतिक कार्यक्रम

तेस्रो दिन :२०८०/११/०६ गते :

  • कृषि प्रदर्शनी

  • नविनतम प्रविधि विस्तार तथा उपयोग सम्वन्धि सेमिनार

  • विविध सांस्कृतिक कार्यक्रम

अन्तिम दिन :२०८०/११/०७ गते :

  • कृषि प्रदर्शनी

  • नविनतम प्रविधि विस्तार तथा उपयोग सम्वन्धि सेमिनार

  • विविध सांस्कृतिक कार्यक्रम

  • उत्कृष्ट कृषक/उद्यमीलाइ सम्मान पुरस्कार वितरण तथा समापन समारोह

कार्यक्रमको आयोजना सम्वन्धि व्यवस्थापकीय पक्ष

महोत्सव आयोजना, सञ्चालन तथा समन्वयका लागि जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा ४५ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ।महोत्सव संचालन एंव व्यवस्थापन सम्वन्धि विभिन्न विषयहरुमा तत्काल निर्णय लिन एंव कार्यान्वयन गर्न गराउन जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा संचालन समिति (Steering Committee)/ सचिवालय रहनेछ । महोत्सवको आयोजना एवं संचालन तथा अन्तरनिकाय समन्वयमा सहजिकरण गर्ने आवश्यक श्रोत एंव साधनको समुचित संकलन एंव व्यवस्थापनमा सहजिकरण गर्नका लागि जिल्लाका सवै स्थानीय तहका प्रमुख/अध्यक्ष हरु सम्मिलित सल्लाहकार समिति गठन गरिएको छ।महोत्सवलाई थप व्यवस्थित गर्नको लागि विभिन्न १५ वटा उप-समितिहरु गठन गरि कार्य विभाजन एवं जिम्मेवारी प्रदान गरिएको छ।

यी हुन् अपेक्षित उपलव्धिहरु

यस महोत्सव सम्पन्न पश्चात निम्नानुसारका उपलव्धिहरुको अपेक्षा गरिएको छः

  • कृषि उपजको उल्लेखनिय रुपमा बजारीकरण भइ कृषकहरुको आयस्तरमा वृद्धि भएको हुनेछ ।

  • प्रदर्शनमा राखिएका कृषि उपज एवं सोको बजारीकरणका कारण गैह्र कृषिमा रहेका बेरोजगार युवाहरु व्यावसायिक कृषितर्फ आकर्षित हुने छन् ।

  • विदेशबाट फर्केका युवाहरु कृषितर्फ आकर्षित भइ व्यावयसायिक कृषि कर्मतर्फ लाग्नेछन ।

  • प्रदर्शनमा राखिएका यन्त्र औजार उपकरणहरुको स्थलगत अवलोकनपश्चात यन्त्र औजार उपकरणप्रति विश्वास पैदा भइ यान्त्रीकरण प्रवर्द्धनमार्फत उत्पादन लागत घटने छ ।

  • प्रदर्शनमा राखिएका उन्नत एवं हाइव्रीड जातको बीउको प्रयोग हुन गइ उत्पादनमा वृद्धि हुने छ।

  • पशुजन्य औषधि पशु आहारको खपतमा वृद्धि भइ पशुजन्य उत्पादनमा गुणात्मक वढोत्तरी हुनेछ।

  • महोत्सवका कारण जिल्लामा उत्पादित कृषि एवं पशुजन्य उत्पादनहरुको प्रचार प्रसार भइ वाह्य जिल्लामा समेत निर्यात हुने आधारहरु तयार हुनेछन् ।

  • बाली वस्तुको उत्पादन एवं बजारीकरणको सम्भावनाका कारण वाहिर जिल्लाबाट समेत यस जिल्लाका विभिन्न स्थानहरुलाइ कर्म क्षेत्र बनाइ कृषिको उत्पादन एवं उत्पादकत्व अभिवृद्धिमार्फत तरकारी दुग्ध एवं खाद्यान्न बालीमा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात प्रवर्द्धनमा सहयोग पुग्नेछ।

  • महोत्सव पश्चात कम्तिमा १०० वटा कृषि तथा पशुपंक्षीसम्वन्धी फर्महरुमा/कृषकहरुमा व्यावसायिकरण भई उत्पादनमा वृद्धि हुनेछ भने स्थानीयस्तरमा रोजगारीको अवसर समेत सिर्जना हुनेछ ।

  • काभ्रेपलाञ्चोकका विभिन्न स्थानिय क्षेत्रहरु कृषि एवं पशुजन्य उत्पादन तथा व्यवसायका लागि उत्कृष्ट गन्तव्यहरुको रुपमा विकास हुने छन्।

  • उपत्यका स्थित सवै महानगर उपमहानगर तथा नगरपालिका संग कृषिजन्य उत्पादनको प्रभावकारी वजारीकरणको लागि आवश्यक आधार तय हुने छ ।

  • सवै स्थानीय तहहरुमा कृषि महोत्सवको सकारात्मक प्रभाव पर्न गइ अन्य जिल्ला तथा स्थानीय तहहरुमा समेत कृषि महोत्सवको आयोजना हुन गइ कृषि जन्य उपजको व्यावसायिक उत्पादन एंव वजारीकरणमा प्रत्यक्ष सहयोग पुग्नेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।