बनेपा- काभ्रे बृहत कृषि महोत्सव-२०८० मा २ कराेडको काराेबार भएको छ । फागुन ४ गतेबाट शुरु भएको महोत्सवमा करीब ६० हजारले अवलोकन गरेकाे र दुई करोड रुपैयाँ कारोवार भएको आयोजकले बताएको छन् ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा फाल्गनु ४ देखि ७ गतेसम्म बनेपा स्थित करुणामार्गमा महोत्सव सञ्चालन भएको थियो ।

फागुन ४ गते महोत्सवकाे राष्ट्रपति रामचन्द्र पौेडेलले शुक्रवार उद्धघाटन गरेका थिए भने आज सोमबार जिल्ला समवन्य समितिका प्रमुख दिपक गौतमले महोत्सवको समापन गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएकामा यस महोत्सव सफल गराउन दिनरात नभनी विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने संघ संस्था, ब्यक्ति, तीनवटै सरकार र प्रतिनिधिहरु तथा महोत्सवमा सहभागिता जनाएर उत्साह भर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले काभ्रेपलाञ्चोक जिल्ला कृषि र पशुपालनसँगै शैक्षिक क्षेत्रको पनि हब बनेकाले शिक्षालाई ब्यवहारिकतामा परिणत गर्न काठमाडौ विश्वविद्यालयले हरेक पालिका तथा संघ संस्थासँग समन्वय गर्ने बताए ।महोत्सव समापन कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुखहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महोत्सवको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कृषि र पशुपालनसँग सम्वन्धित विषयमा भएको अन्र्तक्रिया कार्यक्रममा संयोजन गर्नेहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । उत्कृष्ट कृषक तथा स्टल राख्नेहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायत सामाग्रीका राखिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।