तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पालिका भित्र रहेको सहकारीहरुलाई १५ दिन भित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले मंगलबार एक सूचना जारी गर्दै सो अनुरोध गरेका हुन् ।

समय भित्र विवरण उपलब्ध नगराउने सहकारीहरुको दर्ता खारेजी सम्बन्धी कारवाही प्रक्रिया अगाडि बढाइने सूचनामा भनिएको छ ।

‘प्रस्तुत विषयमा यस तेमाल गाउँपालिका भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले सम्पूर्ण सहकारीहरुले (बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि तथा अन्य सहकारी संस्थाहरु) यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा तपसिल बमोजिमको कागजातहरु तेमाल गाउँपालिकाको सहकारी इकाईमा उपलब्ध गराउनुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै उक्त समय भित्र विवरण उपलब्ध नगराउने सहकारीहरुको दर्ता खारेजी सम्बन्धी कारवाही प्रक्रिया अगाडि बढाइने बेहोरा समेत अनुरोध छ ।’

यी हुन् बुझाउनुपर्ने विवरणहरु

१. संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी,
२. संस्थाको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन साधरण सभाबाट पारित भएको,
३. करचुक्ता प्रमाणपत्रको प्रतिलिपी,
४. स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपी,
५. सञ्चालक समितिको नाम तथा बाँकी कार्य अवधिको सूची,
६. शेयर सदस्य संख्या र शेयरपूँजी,
७. बचत संकलन तथा ऋण लगानी बिबरण,
८. साधरणसभा बैठक निर्णयको प्रमाणित प्रतिलिपी ।

 

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला