चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आफ्नो सबै विद्यालयलाईं ‘तीन तारा’ घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको छ । ‘भविष्यका लागि आधार’ परियोजना अन्तर्गत गत शनिवार धुलिखेलमा सम्पन्न चौंरीदेउराली गाउँपालिकाको समन्वयात्मक बैठकले सो प्रतिबद्धता जाहेर गरेको हो ।
विद्यालयमा खानेपानी सरसफार र स्वच्छताको क्षेत्रमा सरकारले तोकिएको मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारा घोषण गर्न सकिन्छ । चौंरीदेउराली गाउँपालिकामा ५ वटा विद्यालयले मापदण्ड पूरा गरेपछि यस अघि नै तीन तारा घोषणा भैसकेको छ ।
गाउँपालिकामा विगत ३ वर्षदेखि वाटर एडको सहयोगमा सिभिक फोरको साझेदारीमा तथा चौंरीदेउराली गाउँपालिकाको समन्वयमा गाउँपालिकाका विद्यालयमा ‘भष्यिका लागि आधार’ परियोजना अन्तर्गत विद्यालयहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको छ । परियोजनाको समय अवधि सकिन लागेको र सो परियोजनाले गर्ने कार्यहरु गाउँपालिकाले निरन्तरता दिनुपर्ने भएकोले गाउँपालिकाले सो प्रतिबद्धता जनाएको छ ।
गाउँपालिका अध्यक्ष रोणुका चौंलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महान दास लामा, वडा नं. ८ का वडा अध्यक्ष ताथ प्रवक्ता धनबहादुर तामाङ, वडा नं. ९ का वडा अध्यक्ष रामबहादुर लामा, वडा नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम, वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईं, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डे, शिक्षा शाखाका पूर्व प्रमुख टोपप्रसाद अधिकारी लगायतका सरोकारवालाहरुको सहभागी थियो ।
सिभिक फोरमका अध्यक्ष दयासागर तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा सन्त्वना कार्कीले चौंरीदेउरालीमा हालसम्म संस्थाले गरेको कामकोबारेमा प्रस्तुत गरेका थिए भने स्वागत संस्थाको कार्यकारी निर्देशक बसन्त कुँवरले गरेका थिए ।
यी हुन निर्णयहरुः
वाटर एडको सहयोगमा सिभिक फोरको साझेदारीमा तथा चौंरीदेउराली गाउँपालिकाको समन्वयमा गाउँपालिकाका विद्यालयमा सञ्चालन गरहेको भष्यिका लागि आधार परियोजना अन्र्गत विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु, शिक्षा शाखा, सिभिक फोरमको कार्यालय र उपस्थित सरोकार वालाहरुबाट बाँकी काम तथा कार्यक्रम तथा तपशिल बमोजिमका बुँदाहरुमा साझा प्रतिबद्धाता व्यक्त गर्ने निर्णय गरियो ।
१. गाउँपालिकाबाट आगामी वर्षहरुबाट एसवासका लागि गापाको नीति कार्यक्रम र बजेटमा समावेश गर्ने र सोका निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने ।
२. गाउँपालिकाद्वारा विद्यालय खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी कार्यविधि अनुसार स्थानीयकरण गरी पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्ने ।
३. एस–वासका लागि मर्मत सम्भार कोष, नियमित खानेपानी परिक्षण, स्थानीय वास योजना निर्माण गर्ने र वास कमिटीलाई सक्रियता बनाउने ।
४. वडा स्तरबाट तय हुने कार्यक्रम तथा बजेटमा समेत वास योजनाहरु निर्माण, कार्यान्वयन, परिचालन र अनुमगमन गर्ने ।
५. सिभिक फोरमले वास प्लान निर्माण कार्यान्वयनमा आवश्यकता अनुसार सहयोग, साझेदार र समन्वय गर्ने तथा परामर्श प्रदान गर्ने ।
६. बाँकी विद्यालयहरुलाई ३ तारा घोषणा गर्न तथा घोषणा भएका विद्यालयलाई जीवन्त बनाउन दुवै पक्षले लागिपर्ने ।
७. वडा नं. ८ मा रहेको विद्यालयमा शौचालय निर्माण, घेरावार निर्माणमा पहल गर्ने र बाँकी विद्यालयहरुमा पनि अपांगमैत्री शौचालय निर्माण गर्न पहल गर्ने ।
८. शुद्ध खानेपानी, सरसफाइ, स्वच्छता र हरित विद्यालय लगायतका विषयहरुमा निरन्तर रुपमा लागिरहने ।
९. विद्यालयका तथा गापाका संरचनाहरु निर्माण गर्दा समावेशी संरचनाहरु निर्माण गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।