४ आर्यसत्य
यो संसारमा दु:ख छ ।
दु:ख हुनुको कारण छ ।
यो दु:ख हटाउन मिल्छ ।
र यो दु:ख हटाउने मार्ग छ ।
यी चार सत्यलाई नै बुद्धमार्गमा चार आर्यसत्य भनिन्छ । यो दु:ख हटाउने मार्गलाई आर्य अष्टाङ्गिक मार्ग भनिन्छ । यो मार्गलाई शिल, समाधी, र प्रज्ञा गरि तीन भागमा विभाजन गरिएको छ । शिल भन्नाले जीवन सरल र सुखी बनाउने नियम बुझिन्छ । शिल धेरै हुन्छन् तर सामान्य गृहस्थले पालन गर्नुपर्ने शिललाई पन्चशिल भनिन्छ ।
पन्चशिल
१. हत्या, हिंसा नगर्ने ।
२. व्यभिचार नगर्ने ।
३. झुट नबोल्ने ।
४. चोरी नगर्ने ।
५. नसालु पदार्थको प्रयोग नगर्ने ।
यति ५ शिल (नियम) पालन गर्यो भने मानव जिवनमा दु:ख नै पर्दैन । बुद्धमार्गीहरुले त यी ५ शिलको अनिवार्य रुपमा पालना गर्नैपर्छ, त्यसैले भनिन्छ, “बुद्धमार्गीहरु कहिल्यै पनि दु:खी हुँदैनन !” किनभने रीस, इर्श्या, अहंकार, हत्या र हिंसालाई प्रवर्धन गर्ने बिशेषताहरु भएका ब्यक्तिहरु कहिल्यै पनि बुद्धमार्गी हुनै सक्दैन !
त्यस्तैगरी बुद्धले आफुलाई भगवान अर्थात बिशेष व्यक्ति हुँ भनेर पनि कहिल्यै पनि भन्नुभएको छैन ! “म जन्मनुभन्दा पहिले पनि यहाँ थुप्रै बुद्धहरु जन्मिसकेका थिए, अहिले मेरै समयमा पनि प्रशस्त बुद्धहरु छन र मेरो मृत्युपश्चात पनि कैयन बुद्धहरु जन्मने छन” भन्नुहुन्थ्यो ! त्यसैले वहाँको जोड थियो “हरेक मान्छेभित्र बुद्ध छन, तर त्यसलाई खोज्न र चिन्न सक्नु नै वास्तविक अर्थमा बुद्धमार्गलाई पछ्याउनु हो !” त्यसैले आफूभित्रको प्रकाश आफैले खोज्न प्रेरित गर्दै बुद्धले भन्नुभएको छ “अप्प दिपो भव:” अर्थात “आफ्नो दियो (प्रकाश) आफै बन !”
बुद्धम् शरणं गच्छामि: म बुद्धको शरणमा जान चाहन्छु !
धम्मम् शरणं गच्छामि: म धर्मको शरणमा जान चाहन्छु !
संघम् शरणं गच्छामि: म संघको शरणमा जान चाहन्छु !
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।