भक्तपुर । तामाङ चलचित्रकर्मी हरुको छाता संगठन तामाङ चलचित्र संघद्वारा दोस्रो प्रस्तुति रहेको लघु चलचित्रमा समाबेश भएको “ब्रेल्साङ” गीत सार्वजनिक भएको छ ।

सह निर्माणमा चलचित्र विकास बोर्डले गरिएको चलचित्रको कथा तामाङ चलचित्र संघको अध्यक्ष एवम् मेघा स्टार लोकप्रिय नायक कुमार मोक्तानको रहेको छ।

तामाङ समुदायको परम्परागत संस्कार र संस्कृति संग जोडिएको गीत हो विशेषगरी तामाङहरुको विवाहलाई आधारित  रहेको छ।

गीतकार कुमार स्याङबाको शब्द, संगीत जोगलाल लामाको संगीत रहेको गीतमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, गायिका जितु लोप्चनक‍ो सुमधुर आवाज रहेका छन् ।

सुनिल मोक्तानले निर्देशन र कोरियोग्राफी गरिएको
यस गीत तामाङ समुदायको पहिलो र्यापार उतर लामा (संगुल) नायिका रुपा यस घालेले बेहुला र बेहुलीको मुख्य आकर्षकको भुमिका निर्वाह गरिएको छ।

यस गीतमा तामाङ चलचित्र संघको अध्यक्ष एवम् लोकप्रिय नायक कुमार मोक्तान कुइसाङ रुम्बा,प्रवल थिङ,भुइसाल लामा चर्चित नायिका सुनिता,मायादेवी मोक्तान,सञ्जय हुत्त, दिपक तामाङ,शम्भु मोक्तान,सुनिता दोङ,विकास,स्याङतन,अमर लामा,रेसम कुमार स्याउली,पुष्प लोप्चन,समीर तामाङ घिसिङ ,गुकुल तामाङ ,सिरोम तामाङ ,ट्यापे डन हिरा मोक्तान लगायतका कलाकारहरु अभिनय गरिएको छन् ।

सुमन घिमिरेले छायांकन गरिएको यस भिडियोलाई यस गीतको सम्पादन र कलर त्रिलोक लामाले गरेको हो।
उक्त लघु चलचित्र “ब्रेल्साङ”तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा जेष्ठ २६ गते शनिबार चलचित्र विकास बोर्डको हलमा एक विशेष समारोहबीच प्रदर्शन गर्ने अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभएको हो।

उक्त कार्यक्रममा आयोजकले चलचित्रकर्मी आम दर्शकलाई उपस्थितिका लागि पनि अनुरोध समेत गरिएका छन् ।

ब्रेल्साङ भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।