मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर — दीपावली पर्वको अवसरमा मलेसियास्थित Embassy of Nepal, Kuala Lumpur आगामी २० अक्टोबर (सोमबार) र २३ अक्टोबर (बिहीबार) २०२५ मा बन्द रहने भएको छ। दूतावासले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ती दुई दिन बिदा हुने जनाएको हो।
दूतावासका अनुसार उक्त अवधिमा सबै सेवा स्थगित हुनेछ भने नियमित सेवा भने २१, २२ र २४ अक्टोबरका दिन सञ्चालन हुनेछ। आकस्मिक सेवाको आवश्यकता परेमा ०१६–२४७२७७७ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
दीपावली पर्वका अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि दूतावासले सार्वजनिक बिदा दिने गरेको हो।
स्रोत: दूतावास सूचना
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























