काठमाडौं । माया किन्ने वस्तु होइन, महसुस गर्ने भावना हो — यही सन्देश बोकेको म्युजिक भिडियो ‘माया त किन्न पाइँदैन’ अहिले चर्चाको शिखरमा पुगेको छ।
गायक कविन्द्र तामाङ र गायिका जितु लोप्चनको सुमधुर स्वरमा तयार यो गीतले प्रेम, आत्मीयता र बिछोडका पाटाहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
ब्राइटलाइट पिक्चर्सको प्रस्तुतिमा बनेको भिडियोको निर्देशन विजय दोङले गरेका छन् भने निर्माण रमेश तामाङले सम्भालेका हुन्।
भिडियोमा मोडल रमेश तामाङ, विजय दोङ, बिन राउत र सञ्जना गुरुङको सशक्त अभिनय देख्न सकिन्छ।
प्रेममा आउने उतारचढाव, पीडा र समर्पणलाई उनीहरूले यति स्वाभाविक ढंगले प्रस्तुत गरेका छन् कि हरेक दृश्यले दर्शकको मन छुन्छ।
गीतका शब्द र संगीत स्वयं कविन्द्र तामाङकै सिर्जना हुन्।गायक तामाङ विगतका आफ्ना गीतहरू मार्फत दर्शक–श्रोताको मन जित्न सफल कलाकार हुन्।
गीतको एरेञ्ज कार्साङ लामाले गरेका छन् भने रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो।
कोरियोग्राफीमा सुबिन चौहान र सुमी घिसिङले भिडियोको आकर्षण थप बढाएका छन्।
भिडियोको सम्पादन जितु तामाङले गरेका छन्, जसले दृश्य र भावनाको प्रवाहलाई अत्यन्त सन्तुलित र मनमोहक बनाएको छ।
उच्चस्तरीय छायांकन, गहिरा शब्द र आत्मीय धुनका कारण भिडियो अहिले दर्शकबीच निकै रुचाइएको छ।
युट्युबमा छोटो समयमै हजारौं भ्यूज पाएको यो गीतलाई दर्शकहरूले “मन छुने सिर्जना” भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
साथै, गीतलाई Spotify, Amazon Prime Music, Gaana, Resso र TikTok जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।
यो म्युजिक भिडियो गायक कविन्द्र तामाङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘माया त किन्न पाइँदैन’ अहिले प्रेममा विश्वास गर्नेहरूका लागि एक हृदयस्पर्शी भावनाको प्रतीक बन्दै गएको छ।
भिडियो हेर्नुस् ।
























