Friday, May 1, 2026

मायाको भावना बोकेको ‘धिनी सेसी’ गीत सार्वजनिक

गीतका शब्द, संगीत र स्वर स्वयं गायक कान्छा रिदम तामाङकै रहेको छ। सरल र हृदयस्पर्शी शब्द, आधुनिक कम्पोजिसन तथा सुगम धुनको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ।

युवा गायकले निरन्तर रूपमा मौलिकता, आधुनिकता र भावनात्मक कथालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्। यही क्रमको अर्को उत्कृष्ट कडीका रूपमा ‘धिनी सेसी’लाई हेरिएको छ।

गीतको एरेन्ज बुद्धा स्याङ्बा, मिक्स–मास्टर किशोर थापा, तथा रेकर्डिङ ए–वन म्युजिसियन स्टुडियोमा गरिएको हो। दृश्य डिजाइनमा देखिने मनमोहक सूर्यास्त, समुद्रकिनाराको पृष्ठभूमि र गायकको आत्मविश्वासपूर्ण अभिव्यक्तिले पनि गीतमा रहेको प्रेमको अनुभूति झनै गाढा बनाएको छ।

माया, प्रतीक्षा र समर्पणको कथा बोकेको ‘धिनी सेसी’ अहिले सामाजिक सञ्जालमा राम्रै चर्चा बटुल्दै छ। श्रोता तथा दर्शकहरूले गीतले प्रेमको सरल तर गहिरो भावनालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

गायक कान्छा रिदम तामाङकै अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । भने गायको विभिन्न  प्रकारका धेरै  गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् ।

गीत सुन्नु होस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।