काठमाडौं । नेपाली लोक–आधुनिक संगीत क्षेत्रमा नयाँ प्रस्तुति थप्दै ‘पछ्यौरी मलमलको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक बादल श्रेष्ठ र गायिका रेनुका पाख्रिनको सुमधुर स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतका शब्द रोशन बालुवा र रेनुका पाख्रिनले लेखेका हुन् भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोशन बलुवाले नै गरेका छन्। गीतको रेकर्डिङ बिबेक रानापाहेली स्टुडियो र सावरन स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रबिन थापाले गरेका छन्। भिडियोमा पार्वती श्रेष्ठ र अर्जुन खड्कालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ, जसले कथालाई जीवन्त बनाएको छ। छायांकन सरोज ठाकुरी, सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका हुन् भने मेकअप आर्टिस्टका रूपमा रोजिना श्रेष्ठको योगदान रहेको छ।

मौलिक संस्कृति, पहिरन र प्रेमिल भावनालाई समेटिएको भिडियोले नेपाली सांस्कृतिक झल्को दिलाउने निर्माण टिमको विश्वास छ। सार्वजनिक भएसँगै गीत युट्युब तथा सामाजिक सञ्जालमा दर्शकको रोजाइमा पर्न थालेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।