काठमाडौं । गायक तथा संगीतकार जेबी जिम्बाको नयाँ सेलो गीत ‘भन पुतली’को म्युजिक भिडियो काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

जेबी जिम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतमा चर्चित गायिका जीतु लोप्चानको फिमेल भोकल रहेको छ। गीतको एरेन्ज तथा मिक्सिङ सानुबाबु घिसिङले गरेका हुन् भने रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरिएको हो।

‘भन पुतली’को म्युजिक भिडियोमा नवमोडल बिनोद श्रेष्ठ र चर्चित मोडल अम्बिका तामाङ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा कुईसाङ रुम्बा अतिथि कलाकारका रूपमा प्रस्तुत भएका छन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी पाल्देन लामाले गरेका हुन्। छायांकन दुर्गा श्रेष्ठ र सम्पादन अनिल विष्टले गरेका छन्।

कुईसाङ रुम्बाको सभाध्यक्षतामा सम्पन्न विमोचन समारोहमा तामाङ चलचित्रका महानायक अमिर दोङ तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बरुण लामासहित कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

दीप प्रज्वलनसँगै सुरु भएको कार्यक्रममा निर्देशक पाल्देन लामाले स्वागत मन्तव्य राखेका थिए। भिडियोका कलाकार बिनोद श्रेष्ठ र गीतको एरेन्ज तथा मिक्सिङमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सानुबाबु घिसिङले गीत तथा भिडियो निर्माणको अनुभव सुनाएका थिए।

प्रमुख अतिथि अमिर दोङ तामाङले ‘भन पुतली’ गीत तथा म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै तामाङ सेलो संगीतको विकास र प्रवर्द्धनमा यस्ता सिर्जनाले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

सो अवसरमा गीत तथा म्युजिक भिडियो निर्माणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

जेबी जिम्बाको आधिकारिक YouTube च्यानलमार्फत ‘भन पुतली’को म्युजिक भिडियो सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।