काठमाडौं । नेपाल तामाङ कलाकार संघको १९ औं वार्षिक साधारण सभा–२०८३ आगामी असोज १७ गते शनिबार काठमाडौंमा हुने भएको छ।

संघले सार्वजनिक गरेको निमन्त्रणाअनुसार साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

तामाङ कला, संगीत तथा संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनसँगै कलाकारहरूको हकहित र आपसी एकतालाई थप सुदृढ बनाउने उद्देश्यले साधारण सभा आयोजना गर्न लागिएको संघले जनाएको छ।

साधारण सभामा संघका पदाधिकारी, सदस्य, कलाकार तथा तामाङ कला,संस्कृतिसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहनेछ। सभामार्फत संघको आगामी कार्यदिशा, कला तथा सांस्कृतिक गतिविधि र कलाकारहरूको भूमिकाका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल तामाङ कलाकार संघले “सम्पूर्ण तामाङ कलाकारहरूको एकता, तामाङ कला, संस्कृतिको संरक्षण, विकास तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई अघि सारेको छ।

संघले साधारण सभामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण कलाकार, सदस्य तथा शुभेच्छुकहरूलाई नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान हार्दिक अनुरोध गरेको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।