‘तिम्रो माया’ सार्वजनिक, सुरेश लामा र काजल तामाङको स्वरमा प्रेमभावले भरिएको गीत
काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा मायाप्रेमको भाव बोकेको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ। ह्याङ्ला रोशी प्रोडक्सनको प्रस्तुति रहेको उक्त गीतमा लोकप्रिय गायक सुरेश लामा र गायिका काजल तामाङको स्वर रहेको छ।
गोर्खा घिसिङ आलेको शब्द रचना रहेको गीतमा काबिन योञ्जनको संगीत तथा जोगलाल लामाको एरेन्ज रहेको छ। गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन्।
मायाप्रेमलाई मुख्य विषयवस्तु बनाइएको गीतले प्रेम, भावना र आत्मीयतालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
गीतको निर्माण याङ्गी डोल्मो घिसिङ र बिपना बोम्जनले गरेका हुन् भने स्टुडियो म्युजिक क्रिएसनमा तयार गरिएको यस गीतको पोस्टर डिजाइन अतित ब्लोनले गरेका छन्।
‘तिम्रो माया’ गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ पुग्ने अपेक्षा गरिएको छ। गीतलाई युट्युबसहित विभिन्न डिजिटल संगीत प्लेटफर्ममार्फत सुन्न सकिने निर्माण पक्षले जनाएको छ।
अडियो गीत सुन्नुहोस्



















