नाम्सादिम अनलाईन रेडियो परिक्षण प्रसारण शुरु (फोटो फिचर सहित)

बौद्ध । २४ औं तामाङ प्रसारण दिवसको अवसरमा नाम्सादिम अनलाईन रेडियो परिक्षण प्रसारण शूरु भएको छ ।

नाम्सादिम अनलाईन रेडियो परिक्षण प्रसारण शुरु (फोटो फिचर सहित)

शुक्रबार समाजसेवी नेपालजीत लामाले विधिबतरुपमा उक्त अनलाईन रेडियो परिक्षण प्रसारणको उद्घाटन गरेका हुन् ।
नाम्सादिम छोरङान, नेपालले नाम्सादिम रेडियो सञ्चालन गर्न लागेको हो ।  रेडियो www.namsadhim.coom मा सुन्न सक्नुहुनेछ ।

 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी नेपाल जीत तामाङ, विशेष अतिथि खलनायक तथा समाजसेवी बिकु थोकर, प्राचिन अनुवाद एक मात्री गुरू संघ, नेपालका अध्यक्ष टासी लामा, कल्याण गुठीका अध्यक्ष खड्ग जीत तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुमार घिसिङ, सुस्मिता फाउण्डेसनका अध्यक्ष तथा खेलाडी सुस्मिता तामाङ, गायक तथा संगीतकार तामाङ कलाकार संघका महासचिव विश्व दोङ, प्राचिन अनुवाद एक मात्री धर्म गुरूसंघ नेपालका वरिष्ठ उपाध्यक्ष सोनाम थोकर, समाजसेवी सोनी मोक्तान, ताम्बा संघका वरिष्ठ उपाध्यक्ष पासाङ मोक्तान, तेमाल अनलाईनका प्रधान सम्पादक तथा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य ग्याम्जो थोकर तामाङ लगायतले रेडियो प्रसारणको सफलताको शुभकामना दिएका थिए ।

Comments

comments