सुदिन लामा
३ फाल्गुण २०७४
काठमाडौं । वाम गठबन्धनको तर्फबाट ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा वली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएपछि आजै साँझ ५ बजे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान बमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

ललबाबु र थममाया भए मन्त्री
यसैबीच प्रधानमन्त्री वलीले ३ सदस्यीय मन्त्री मण्डल समेत गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा एमालेका चर्चित नेता लालबाबु पण्डित र थममाया थापा रहेका छन् । पण्डित जनसंख्या तथा वातावरण मन्त्री र थापा महिला, वालवालिका र समाजकल्याण मन्त्री बनेका छन् ।

 

Comments

comments